गर्लपण्ड अल्छी परेपछि !

२०७० फाल्गुन ३ गते, शनिबार


काठमाडौँ । बेलायतका एक प्रेमीले ६ बर्षेखि आफूसँगै बसिरहेकी गर्लप|mेण्डलाइ सामान किनवेच गर्ने साइट ‘इबे डटकममा बिक्रीका लागि राखेका छन् । प्रेमी सावन कोल्सले आफ्नी प्रेमिका डेबी मोरानको अल्छीबानीबाट दिक्क भएर उनलाई बिक्रीका लागि राखेका हुन् । विज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्विर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’ उनको बिज्ञापनमाथि धमाधम आबेदन पर्न थाल्यो । ५० जना जतिले उनलाई किन्न तयार रहेको भन्दै किन्न चाहेको मूल्य अफर गरे । सवैभन्दा बढी थियो- ११८० डलर । तर, इबेमा मानिसलाई बिक्रीका लागि राख्न नपाइने नियम उल्लंघन गरेको भन्दै उजुरी परेपछि साउनले आफ्नो विज्ञापन हटाएका छन् । एक टेलिभिजनसँग कुरा गर्दै उनले मजाकका लागि मात्र यस्तो विज्ञापन गरेको र प्रेमिका बिक्री गर्ने कुनै मनसाय नरहेको दावी गरेका छन् । अनौठो त के छ भने बिक्रीका लागि राखिएकी प्रेमिकाले समेत आफ्नो प्रेमीको कदमको बचाउ गर्दै मजाकका लागि मात्र राखेको र गम्भीर कुरा नभएको बताइन् । त्यस्तो तस्वीर राखेको देख्दा त रिस उठेको थियो, तर उसले गम्भीरतापर्ूवक यो काम गरेको थिएन’ प्रेमिकाले भनिन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु