यस्तो पो पति प्रेम !

२०७० माघ २५ गते, शनिबार


काठमाडौँ । महिलाहरूले आफ्नो पतिलाई कतिसम्म प्रेम गर्छ यो भनि रहनुपर्ने बिषय होइन । यस्तै प्रेममा चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर पतिलाई उपहार दिएकी छिन् । चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि उनलाई ११ वर्षलाग्यो । ‘बैंशका बेला म चम्किलो लामो कपालका लागि प्रसिद्ध थिएँ’ आफ्ना यौवनकाल सम्झँदै ६० बषीया सियान रेनसियानले भनिन- ‘जब म बढ्दै गएँ, मलाई लाग्यो मेरो सौर्न्दर्यजस्तै यो पनि नासिएर जाँदैछ ।’ ‘मैले यसलाई सम्हालेर राख्न चाहान्थेँ’ उनले डेलीमेलसँग भनिन’- र, आइडिया निकालेँ- पतिका लागि केही सम्झनायोग्य चीज बनाइदिने ।’ ३४ वर्षो उमेरदेखि उनको कपाल र्झनथालेको थियो । उनले ती कपाललाई एक-एक गरी जम्मा पारेर राखिन् । त्यसलाई के मा प्रयोग गर्ने भन्ने उनीसँग केही योजना थिएन् । ४९ वर्षो उमेरमा अथार्त सन् २००३ मा उनलाई आइडिया आयो श्रीमानका लागि स्वीटर बुनिदिने । ‘पछिल्ला ११ वर्षा मैले सबै कपालका रौं गनेँ र तीनलाई स्वीटर बुन्न प्रयोग गरिरहेँ ।’ उनी भन्छिन’- मैले १ लाख १६ हजार ५८ वटा रौं प्रयोग गरेर स्वीटर बनाएँ जसको तौल ३ सय ८२ दशमलव २ ग्राम छ ।’ आफ्नै कपालबाट उनले ११९ दशमलव ५ ग्रामको टोपी पनि बनाएकी छिन् । ‘जब मैले बुन्ने तरिका जानेँ, तब मलाई यो सबै गर्न कुनै कठिनाई भएन् ।’ उनी भन्छिन- ‘यसका लागि मात्र धैयता चाहिन्छ र समय पनि ।’ ‘यो स्वीटरले मेरो जवानी सम्झाइदिने छ, मैले र मेरा पतिले बिताएका सुन्दर क्षणलाई बाँकी जीवनभर ताजा बनाइदिने छ’ उनले भनिन् ।
अब पतिका लागि कट्टु बनाइदिने – सञ्चारकर्मीको प्रश्नमा उनले भनिन- ‘यो प्रोजेक्ट त सकियो, अब के बनाउने भनेर सोच्दै छु ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु