एकै पटकमा ६ बच्चा !

२०७० माघ १७ गते, शुक्रबार


काठमाडौं ।एक जना मान्छेले कति जनासम्म बच्चा जन्माएको थाहा पाउनुभएको छ रु गाउँघरतिर जुम्ल्याहा र कहिलेकाँही तिम्ल्याहा बच्चा जन्माएको त हामीले थाहा पाइआएकै कुरा हो ।तर गएको शुक्रबार पाकिस्तानमा एक महिलाले एकै पटकमा ६ जना बच्चा जन्माएकी छन् । यति धेरै स्वस्थ बच्चा जन्मिएको यो पहिलो घटना पनि हो । ती महिलाले पाकिस्तानको खैबर पख्तूनख्वाको एक निजी अस्पतालमा ४ छोरी र २ छोरा जन्माएकी हुन् ।आमा र ६ जना नै बच्चाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । तर दत्ता खेल क्षेत्रका ती महिला र बच्चालाई थप जटिलता नहोस् भनेर बन्नुको संयुक्त सैन्य अस्पतालमा पठाइएको छ ।गएको महिनाको सुरुवातमा पनि पञ्जाब, भारतमा एक महिलाले ४ जना बच्चालाई जन्म दिएकी थिइन् । यस्तै अक्टुवरमा पनि पेशावरकी ३५ वर्षकी सबिराले ३ छोरी र २ छोरा सहित ५ जना बच्चा जन्माएकी थिइन् ।८ र ४ वर्षका दुई बच्चाकी आम सबिराले अन्तिम अवस्थामा अस्पताल भर्ना भएर बच्चा जन्माएकी थिइन् । पछि स्वास्थ्य अवस्था सामान्य भएकाले आमा र बच्चाहरुलाई अस्पतालले छिट्टै नै डिस्चार्ज गरेको थियो ।त्यही महिना पञ्जाबकी अर्की महिलाले ३ छोरा र १ छोरीलाई जन्म दिएकी थिइन् भने जुनमा पञ्जाब मै अर्की महिलाले ५ बच्चालाई जन्म दिएकी थिइन् ।उनले ४ छोरा र १ छोरीलाई जन्म दिएकी थिइन् । तर जन्मेको केही समय पछि १ छोरा र १ छोरीको मृत्यु भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु