रक्सीका लागि श्रीमती बन्धकी

२०७० पुष ३० गते, मंगलवार

काठमाडौ, – भारतको कोलार जिल्लाको मुलबगालमा एक जड्याहाले केही पैसाकै लागि आफ्नै श्रीमती बन्धकी राखेका छन् ।
यद्यपि केही स्थानीयको सहयोगमा महिलालाई उक्त व्यक्तिको चंगुलबाट निकालिएको छ । महिलाले आरोपीविरुद्ध जबरजस्ती गर्ने प्रयास गरेको मुद्दा दर्ता गराएकी छन् ।खबरअनुसार आरोपी सुवर्णाहल्ली निवासी नंजप्पा एउटा होटलमा काम गर्दै आएका थिए । उसले सधैं मदिरा पिउने गरेको थियो। उसले बेंललुरु राममुर्ति नगर निवासी नारायण स्वामीबाट पाँच हजार सापटी लिएको थियो । निर्धारित समयमा सापटी फिर्ता नगरेपछि नारायण स्वामीले उनीविरुद्ध ठगी मुद्दा दर्ता गर्ने धम्की दिएका थिए। नंजप्पाले नारायण स्वामीलाई चाँडै रकम फिर्ता गर्ने बताएका थिए । यसक्रममा नारायण स्वामीले नंजप्पासँग आफ्नो श्रीमती दुई दिनका लागि बन्धकी राख्न भने । त्यसबापत थप दश हजार रुपैयाँसमेत दिने बताए । यो कुरामा नंजप्पा सहमत भयो र दश हजार रुपैयाँ लियो ।
त्यसलगत्तै नंजप्पा घर पुगेर श्रीमतीलाई कपडा किन्ने बहानामा मुलबगाल लिएर गयो । त्यहाँ नारायण स्वामी बसिरहेका थिए । नंजप्पा श्रीमतीसहित कारमा नारायण स्वामीसँग गए । तीनै जना कारमा मुलबगाल पुगे । नारायण स्वामीले नंजप्पालाई कारबाट उतारिदिए । जब महिला कारबाट उत्रन लागिन् तब नंजप्पाले बाहिर नआउन भने । नारायण स्वामीले महिलालाई पहाडी क्षेत्रतर्फ लगेर बलात्कारको प्रयास गरे ।महिलाले चिच्याएपछि वरपर रहेका स्थानीयले महिलालाई स्वामीको चंगुलबाट बचाए । नारायण स्वामी भने कार लिएर फरार भए ।महिला किसानहरुका साथ मुलबगाल थाना पुगिन् । प्रहरीले स्वामीलाई पक्राउ गरेको छ । नंजप्पा फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु