नाङ्गै भएर सडकमा हिड्न पाउनुपर्ने माग

२०७० पुष १३ गते, शनिबार


संसारका अधिकांश मुलुकमा सार्वजनिक रुपमा नग्नतामाथि रोक छ । तर, ब्राजिलमा महिलाहरुले नाङ्गो भएर हिड्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
ब्राजिलका आम महिलाहरु होइन बरु त्यहाँ महिला पत्रकारहरुले टपलेस हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । यी महिला फोटोपत्रकारअनुसार उनीहरु टपलेस भएर सडकमा घुम्न चाहन्छन् ।यसका लागि उनीहरुले टपलेस भएर आन्दोलन गरेका छन् । टपलेस प्रदर्शनमा सैयौ महिलालेृ भाग लिएका थिए । उनीहरुको आन्दोलनको समर्थनमा पुरुष पनि सहभागी भएका थिए । मिरर अनलाइनका अनुसार ब्राजिलका महिलाहरुले टपलेस भएर घुम्न पाउनु अधिकारविरोधी कानुनको आलोचना गरेका छन् ।
यो कानुनको विरोधमा ब्राजिलको विश्व प्रसिद्ध इपाने समुद्र तटमा महिलाहरुले टपलेस भएर प्रदर्शन गरेका हुन् । ब्राजिलमा ७० वर्षभन्दा पूरानो कानुनले नग्नतालाई अश्लिल र अपराध मान्ने गरेको छ। यद्यपि कानुन उल्लंघन गर्नेमाथि पनि खासै कारबाही भने हुँदैन । तर, कानुनमा त्यसतो हर्कत गर्नेमाथि तीन महिनादेखि १२ महिनासम्मको कैद वा जरिवानाको व्यवस्था छ।पूरानो रियो निवासी ७३ वर्षीया ओल्गा सलोनका अनुसार स्तन कुनै खतरनाक वस्तु होइन । यो कानुनले पूरुषको मानसिकता मात्र झल्काउछ । सही अर्थमा हेर्ने हो भने यो कानुनको कुनै अर्थ छैन । यदि पुरुषलाई जे पनि गर्ने अधिकार छ भने महिलामाथि दोहोरो मापदण्ड किन ? उनको प्रश्न छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु