विराटनगर जुट मिलले पुनर्जन्म पाउँदै

२०७० पुष ५ गते, शुक्रबार


काठमाडौं, ५ पुस । नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलले भोलिबाट पूर्ण व्यावसायिक उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनमा सफलता पाएपछि भोलिबाट व्यावसायिक उत्पादन गर्न लागिएको हो । उद्योगमा निजी क्षेत्रले लगानी गरी तीन महिनाअघिबाट परीक्षण उत्पादनको काम भइरहेको थियो ।शनिबार उद्योग, अर्थ तथा वाणिज्यमन्त्री, मन्त्रालयका सचिव लगायतको एक टोलीले उद्योगको अनुगमन तथा उदघाटनपछि सञ्चालन गर्ने तयारी भएको सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेलले बताए ।
२०४७ सालपछि सो उद्योगमा चरम राजनीतिक हस्तक्षेप हुँदा पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । २०५८ सालमा नीजि क्षेत्रलाई दिने मन्त्रालयस्तरीय निर्णय भएको थियो । त्यसपश्चात गोल्छा अर्गनाइजेशनले जिममा लिएपनि र्दिकालीन हुन सकेको थिएन । अहिले सो कम्पनीले सञ्चालक समितिको मुद्धा खेपिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार