कुहिरोमा रुमलिरहेको राष्ट्रिय कर्मचारी महासंघ र यसको नेतृत्व – महादीप पोखरेल

२०७० मंसिर ८ गते, शनिबार


दश वर्षो महान् जनयुद्धको जगमा टेकेर विकास भएको २०६२/६३ को जनआन्दोलनको एक तहमा भएको सफलतापश्चात् नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गर्दै जनवादी व्यवस्था स्थापनाको कसम खाएर युद्ध लडिरहेको नेकपा माओवादी १२ बुँदे सम्झौतालाई आधार मान्दै शान्तिप्रक्रियामा आएपछि नेपालको आमूल परिवर्तनको लक्ष्यलाई प्रशासनिक क्षेत्रमा पनि पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्ने पवित्र उद्देश्यसहित नेपाल राष्ट्रिय कर्मचारी संगठनको स्थापना भएको स्मरण गराउन चाहन्छु । २०६३ साल असोज ३ गते रुक्म लामिछानेको नेतृत्वमा २० सदस्यीय टिम घोषणा हुँदादेखि आजका दिनसम्म पनि उक्त केन्द्रीय टिमसँगै काम गर्दाका अनुभूतिहरू र आजको विहंगम परिस्थितिका बारेमा केही प्रकाश पार्न चाहेको मात्र छु ।
तत्कालीन नेकपा माओवादी र अनि एनेकपा माओवादीबाट जनताले मुक्तिको आश गरेजस्तै हाम्रा कर्मचारी संगठनबाट पनि आमउत्पीडित कर्मचारी एवं प्रशासनिक क्षेत्रका विज्ञहरूले सकारात्मक योजना र कार्यान्वयनको प्रशस्त विश्वास हामीले आर्जन गरेका थियौँ । कर्मचारी क्षेत्रमा हामी आकर्षाको केन्द्र नै बनिएको भृकुटीमण्डको भीडभाडले पनि अनुभूत गर्न सकिन्थ्यो । कार्यालय सहयोगीदेखि सचिवस्तरसम्म समानरूपले तलबवृद्धि गर्ने, उत्पीडित, सवारी चालक, मुखिया, खरदारका समस्याहरूको समाधानका निम्ति संगठनले उच्च प्राथमिकताका साथ पहलकद्मी पनि हामीले लिएकै थियौँ । सबैको साथ र हाम्रो पनि प्रयासको कारण एक वर्षभत्र नै २०६४ साल मंसिर २४ गते निजामतितर्फो केन्द्रीय संगठन निर्माण र साथसाथै सबै संस्थान, बैंक, स्वायत्त क्षेत्रमा संगठन विस्तार गरी २०६५ सालमा नेपाल राष्ट्रिय कर्मचारी संगठन घोषणा गर्न सफल भयौँ । यस अवधिमा मुलुकका सबै क्षेत्रका राज्यकोषबाट तलब खाने करिब एक लाख कर्मचारी हम्रो महासंघको छाताभित्र आइसक्नु भएको थियो र यसको अध्यक्षको रूपमा रुक्म लामिछाने विराजमान हुनुहुन्थ्यो । नेपाली क्रान्तिलाई सफल पार्न हामीले पनि आफ्नो मोर्चाबाट ऐतिहासिक भूमिका खेल्ने कुरा स्मरण गर्दासमेत हामी कैयौँ पटक रोमाञ्चित र गौरवान्वित भएका थियौँ ।
यी त भए हाम्रा गौरवगाथाहरू, पाठकवृन्द अब म यसको अर्को कहालीलाग्दो पाटोतिर केही प्रकाश पार्न जाँदैछु । महासंघ घोषणा सँगसँगै मोर्चाभित्र रुक्म लामिछानेको कार्यशैली र व्यवहारहरूको आलोचना सुरु भइसकेको थियो । केही साथीहरूले अर्थसंकलनसम्बन्धी उहाँका शंकास्पद व्यवहार र संगठन चलाउने संकीण् शैली, मपाइँत्वको व्यवहार तथा गुटबन्दीसम्बन्धी कुरामा सुझाव तथा असन्तोष प्रकट गर्नुभएको थियो । यसरी प्रकट हुने सबै मित्रहरू बेइमान थिएनन्, त्यहाँ इमानदार मित्रहरू पनि हुनुहुन्थ्यो, जसले असल भावना र रूपान्तरणको ध्येयले प्रश्नहरू उजागर गर्नुभएको थियो । मलगायत केही साथीहरूको समूहलाई अहिले आन्दोलन र संगठन निर्माण गर्ने बेलामा सानातिना विषयमा अल्भिmन हुन्न भन्ने सोचाइ राख्दा उतिखेरै संवेदनशील विषयमा ध्यान पुर्याउन नसक्दा कमजोरी भएछ भन्ने लागिरहेछ । रुक्मजीले ती साथीहरूको भावनाको सम्मान गर्दै सबैलाई समेटेर लैजानुको सट्टा निषेध गर्न थाल्नुभयो । धेरै साथीहरूमा हतोत्साह एवं निराशा पैदा हुन थाल्यो । रुक्मजीले आफूखुसी अर्थ संकलन गर्ने र अपचलन समेत गर्ने बारेका धेरै गुनासाहरू हामीहरूले उतिबेलैदेखि सुन्दै आएका हौँ । ठीक त्यसैबेला एनेकपा माओवादीभित्र लाइन संर्घष्ा उच्च विकास भयो । पार्टीीत्र वैद्य समूह र प्रचण्ड, बाबुराम समूह र्छलङ्गै अस्तित्वमा देखिए । मलगायत हाम्रो टिमका साथीहरूचाहिँ प्रचण्ड-बाबुराम समूह नवसंशोधनवाद र आत्मर्समर्पणवादमा फसेको मूल्यांकन गरी आन्तरिक ढङ्गले वैद्य समूहबाट परिचालित हुन पुगियो । प्रसङ्गवश रुक्म लामिछाने पनि यतैपट्ट हुनुहुँदोरहेछ, हामीलाई त थाहा थिएन । मलगायत कतिपय मित्रलाई यता ल्याउन आफ्नो भूमिका भएको डिङ हाँक्दै हिँड्नुहुन्छ भन्ने सुनेको छु, योभन्दा फटाहा तर्क केही होइन । हामी अन्तरसंर्घष्ाको विकासक्रममा हेलिँदै जाँदा यहाँ आएका हौँ । यसमा रुक्मजीको रौँ बराबरको पनि भूमिका छैन । अँ म के प्रस्ट पार्न चाहन्छु भने रुक्मजीको कार्यशैलीप्रति विमति राख्ने धेरै मित्रहरू र उहाँको अन्यायको चपेटमा परेका इमानदार मित्रहरू अफसेआफ पार्टीीत्र विकास भएको अर्को लाइनतिर जानुभयो । यसमा मुख्य कारण राजनैतिक, वैचारिक नभई रुक्मप्रतिको व्रि्रोह भावले मुख्य भूमिका खेलेको थियो भनी भन्नर्ैपर्छ । प्रचण्ड, बाबुराम समूहबाट पनि उक्त समूहलाई प्रशस्तै भरथेग गरियो, राष्ट्रव्यापी कार्यक्रमहरूसमेत गरिए । त्यतिबेला हाम्रो टिमले रुक्मजीका कमीकमजोरी, जानीजानीकन पनि उहाँको प्रतिरक्षा गरेकै हौँ, यो हाम्रो आवश्यकता र बाध्यता दुवै थियो । आवश्यकता के थियो भन्दा रुक्मजीप्रति उनीहरूले करोडौँ, भ्रष्टाचार गरेको लिखित उजुरी पेरिसडाँडामा दर्ता गराएका थिए । यता रुक्मजी आफूले जम्मा गरेको आर्थिक स्रोत क्रान्तिकारी लाइनको रक्षा र विकासमा उपयोग भइरहेको दाबी गर्ने र क्रान्तिकारी विचार समूहका नेताहरूबाट पनि त्यस्तै संकेत प्राप्त गरे । पछि रुक्मको प्रतिरक्षा हाम्रो निम्ति आवश्यकता बन्न गयो । बाध्यता के थियो भन्दा उहाँ हाम्रो समूहको नेता जो हुनुभयो – समयक्रम र घटनाहरूको विकास सँगसँगै राष्ट्रिय कर्मचारी महासंघमा र यसका सबै घटक संगठनहरूमा विभाजन आयो, कतै हामी बहुमत, कतै उनीहरू बहुमत र बहुमतमा हुनेले अल्पमतलाई कारवाही गरी संगठन कब्जा गर्ने होड नै चल्यो र यसै प्रसङ्गमा भृकुटीमण्डपको सेतो घरको लागि भिडन्त र दुवै पक्षको हातबाट उक्त घर फुत्कने उदेकलाग्दो परिस्थितिसमेत निर्माण भयो । त्यतिखेर नै हामीतिरै रहनुभएका गौरीशंकरसहित केही साथीहरूको रुक्मजीप्रति असहमति बढेर गयो र रुक्मकै निषेधको कार्यशैलीको पराकाष्ठाका कारण उहाँहरू राजनैतिक, सांगठानिकरूपले हामीसँग रहनु भएन ।
अब हाम्राबीच संगठन निर्माण र पर्ुनर्गठन वास्तवमै चुनौतीका पहाडहरू जस्तै थियो । कर्मचारी क्षेत्रमा व्यापकरूपमा हाम्राविरुद्ध शंका र डरलाग्दा हल्लाहरू फिजाइएका थिए । सबैभन्दा ठूलो चुनौती निजामति क्षेत्रको संगठन निर्माण र व्यवस्थापनको थियो । यो चुनौतीलाई हामीले खुसी साथ अङ्गीकार गरी एक वर्षभत्र निजामति संगठनको अधिवेशन सम्पर्ूण्ा संस्थान, बैंकहरूमा केन्द्रीय संगठन निर्माण भइसकेका छन् । म दाबाका साथ भन्दछु, संगठन निर्माणमा कही पनि रुक्मजीको भूमिका छैन । उहाँको भूमिका वरिपरी २-४ जना चाटुककार राख्ने उनीहरूमार्फ् आर्थिक क्रियाकलाप गर्ने र पार्टी ठूला नेतालाई भेट्ने र फिल्डमा भएका सकारात्मक कामको जस सबै आफूले लिने असहमति राख्ने र रूपान्तरणको सुझाव दिने मित्रहरूलाई कसरी बाईपास गर्ने, नेतृत्वमा रहेका आदरणीय कमरेडहरूलाई उनीहरूको विरुद्ध कुरा लगाउने छुल्याहा कामभन्दा केही भए मै मरी जानु ल । उहाँ संगठन बनाउनु हुन्न, बनेको संगठन गुटबन्दी गर्नुहुन्छ, एकविरुद्ध अर्कालाई उचाल्नु हुन्छ । अवसरवादको खेल खेल्नुहुन्छ, पार्टी नेताहरूलाई भ्राममा पार्ने कोसिस गर्नुहुन्छ र अन्त्यमा संगठन भत्काउनु हुन्छ । उहाँ कर्मचारी मोर्चाका नेता, अभिभावक हो कि, नेताको खोल ओढेका भष्मासुर – हजारौँ पटक आफ्नो मनलाई प्रश्न गर्दासमेत सन्तुष्ट बन्न सकिँदैन । र्
कर्मचारी महासंघमा आएको विभाजनपश्चात् अर्को समूहले नेपाल राष्ट्रिय कर्मचारी महासंघ पर्ुनर्गठन गरी सम्मेलनसमेत गरेको स्थिति छ भने यता रुक्मजीले आफ्नो महासंघ पुनर्गठनसमेत गर्नुभएको छैन, सम्मेलनको त के कुरा – उहाँ पदाधिकारीबिनाको अध्यक्ष हुनुहुन्छ । महासंघ दर्ता प्रक्रियामा जानु अगाडि विशेष म र गोपालसिंह धामीले महासंघ पुनर्गठन र छलफलको माग गर्दा फ््रयाक्सन इन्चार्जमार्फ् प्रायोजितरूपमा कारवाहीको धम्कीसमेत हामीले सहनु पर्यो । साँझमा मोहनमान स्वाँरसँग हामीलाई थाहा नदिई एउटा सम्झौता गर्ने भोलिपल्ट अन्य विभागमा बखेडा गरी मलगायत केही मित्रहरूलाई निर्मम ढङ्गले कुटाउने षड्यन्त्रकारीको नाइकेलाई कसरी नेता मान्ने इमानदार मित्रहरू – कृपया न्यायको आवाज बोलिदिनोस् । उहाँको कार्यशैलीकै कारणले महासंघको दर्ता प्रक्रिया हावा खाएर बसेको छ । निजामति संगठनको अधिवेशनको सर्न्दर्भमा रुक्म लामिछाने र उसको समूहले खेलेको अराजक, गुटबन्दी र अवसरवादीको नीच नौटङ्की सम्बन्धित सबै मित्र र नेतागणलाई थाहा भएकै हो । नेपाली क्रान्तिको सफलताको तत्काल सम्भावना एनेकपा माओवादीको कारण हावा खाएजस्तै प्रशासन संयन्त्र भित्रको परिवर्तनमुखी पहलकद्मी र संगठन निर्माणको अहम् दायित्व यसको मुख्य नेतृत्व रुक्म लामिछानेको कारण हावा खाँदैछ । हामीलाई लाग्दैछ, उहाँलाई सुधार्न असम्भव प्रायः छ, तर्सथ, कार्यक्षेत्र परिवर्तन गरियोस् वा हटाइयोस् । केही पनि गरिँदैन, नेतृत्वले टुलुटुलु मात्र हरेर बस्ने र इमानदार साथीहरू सधैँ अन्याय र उत्पीडनको सिकार भइरहने हो भने हामी नयाँ ढङ्गले सोच्न बाध्य हुनेछौँ । नयाँ ढङ्गको महासंघ निर्माण गर्नेछौँ, यो समयको अपरिहार्यता हुनेछ, कसैले छेक्न सक्ने छैन । हिम्मत छ भने रुक्म लामिछानेले खेताला नखोजिकन एउटा लेख लेखेर यसको खण्डन गर होइन भने खुरुक्क पन्छिदेऊ हाम्रो बाटोबाट यसैमा सबैको कल्याण छ । कुहिरोमा रुमलिएको पंक्षी गन्तव्यमा पुग्न सक्दैन, बीचमै दुघटना हुन्छ । नेतृत्वको कारणले हाम्रो स्थिति यस्तो नबनोस् । कसैको कारणले संगठन र आन्दोलनको अवसान हाम्रो निम्ति असैहृय छ, सबैलाई चेतना भया ।
-लेखक नेपाल राष्ट्रिय कर्मचारी महासंघका संस्थापक सचिवालय सदस्य र राष्ट्रिय कर्मचारी संगठन, निजामति केन्द्रिय कमिटीका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु