छोरी बेचेर आईफोन !

२०७० कार्तिक ३ गते, आईतवार

३ कात्तिक – चीनमा एक दम्पतीले एप्पलको आईफोन किन्नका लागि आफ्नी छोरीलाई बेचेका छन् ।छोरी बेच्ने दपम्तीमाथि मानव बेचबिचखको अभियोगमा सांघाईको एउटा अदालतमा मुद्दा दायर गरिएको छ ।ती दम्पतीले आफ्नी तेश्रो छोरीलाई अनलाइनमार्फत अरुलाई दिएको र त्यसको बदलामा पैसा लिएका थिए । उनीहरुले कति रकम लिए भनने एकीन नभएपनि ३० देखि ५० हजार युआन अर्थात ५ देखि ८ लाख रुपैयाँ लिएको अनुमान छ ।
उनीहरुकी छोरी लिने व्यक्तिले दिएको पैसाले दम्पतीले आइफोन, स्पोर्टस सुज र अरु आवश्यक सामान किनेकी थिईन् । बच्चा विक्री गर्ने दम्पतीको परिचय भने सार्वजनिक गरिएको छैन ।ती दम्पतीले भने छोरी नबेचेको दावी गरेका छन् । पहिल्यै आफ्ना दुई वटा सन्तान भइसकेकाले राम्रो पालन पोषण र भविष्यका लागि छोरी अरुलाई दिएको बताएका छन् ।चिनियाँ यूवा युवतीहरुमाझ एप्पलका आइफोन, आइप्याडलगायतका सामान निक्कै लोकप्रिय छन् । कतिपय यूवा युवतीले त यी सामान किन्नका लागि आफ्नो मृगौलासमेत बेच्ने गरेको पाईएको छ ।
– एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु