२० फिट लामो नङ पालेर विश्व कीर्तिमान

२०७० आश्विन ५ गते, शनिबार

काठमाडौँ । अमेरिकाकी ४७ वर्षक्रिस वाल्टनले २० फिट लामा नङ पालेर विश्व कीर्तिमान कायम गरेकी छिन् । पेसाले गायिका रहेकी ४७ वर्ष क्रिस वाल्टनले सन् १९९३ देखि दुबै हातका नङ काटेकी छैनन् । यो बीस वर्षा उनका नङ बढेर २० फिट लामा भइसकेका छन् । नङ बढेर घुम्रिएका छन् र कुनै जंगली लहरा जस्तै देखिन्छन् । बेलायतको लण्डनमा आयोजित नयाँ गिनिज बुक अफ वर्ल्ड रर्ेकर्ड घोषणा समारोहमा उनले विश्वको सबैभन्दा लामो नङ भएकी मानिसको रूपमा किर्तिमान कायम गरिन् । वाल्टन अमेरिकाको नेभादा र क्यालिफोर्नियामा डचेजको नामले चिनिन्छिन् । उनका नङ दमदार छन् उनको गायक कला पनि उत्तिकै दमदार छ । उनका नङ हर्ेदा उनले निकै सजिलो काम पनि हातले गर्न सक्दिनन् के भन्ने लाग्छ । तर अचम्म, उनले खाना पकाउँछिन्, घर सफा गर्छिन्, पियानो बजाउँछिन् र कम्प्युटर पनि चलाउँछिन् । उनले दुइ वर्षघि आफूले आफ्ना दाह्री पलाएका भए दाह्री पालेर समेत विश्व रर्कर्ड बनाउने इच्छा रहेको कुरा बताएकी थिइन् । २० फिटका नङ भएकी यी महिलाका पाँचजना छोराछोरी छन् । उनका बच्चाबच्चीले उनलाई नङको जतन गर्न सहयोग गर्छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु