एक वर्षको बच्ची गर्भवती !

२०७० भाद्र २२ गते, शनिबार

सामान्यतः १८ वर्षमाथिका युवती गर्भवती हुन्छन । तर, चीनमा जन्म भएको केबल ३६५ दिनमै बच्ची गर्भवती भएको समाचार आएको छ । चीनमा एक बच्चीलाई अभिभावकले हतारहतार अस्पताल लिएर गए । मेंगरु कांग अस्पताल पुगेपछि भने स्तब्ध भए । बच्चीको पेट दिनहुँ बढिरहेको थियो । पेट हुँदाहुँदा यति बढ्यो कि उनलाई अस्पताल नै लैजानुपर्ने अवस्था आयो । अस्पताल लगेर बच्चीको जब सिटी स्क्यान गरियो । सिटी स्क्यानको रिपोर्ट हेरेर डाक्टरहरु पनि आश्चर्यमा परे । किनभने एक वर्षको बच्चीको पेटमा दुई शिशु हुर्किरहेका थिए ।
भएछ के भने आमाको गर्भमा भ्रुणको विकास हुन नसकेको भ्रुण बच्चीको पेटमा हुर्कन लागेको रहेछ । चिकित्सकहरुका अनुसार यो स्वयममा निकै दुर्लभ घटना हो । करिब पाँच लाख मामिलामा एउटा यस्तो घटना हुने गर्दछ । अहिले अपरेशनमार्फत बच्चीको पेटबाट भ्रुण निकालिएको छ। चिकित्सकहरुले बच्चीको स्वास्थ्य सुरक्षित रहेको बताएका छन् । एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु