उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादीबीच ५ बुँदे सहमतिमा हस्ताक्षर

२०७० भाद्र २१ गते, शुक्रबार

काठमाडौं, भदौ २१ – उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच ५ बुँदे सहमति भएको छ ।समितिको कार्यालय नयाँवानेश्वरमा शुक्रबार विहान समिति र संघीय समाजवादी पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । समितिको तर्फबाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादी पार्टीको तर्फबाट अशोक राईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
संविधानसभा सदस्य संख्या ६ सय १ बनाउन सरकार र राष्ट्रपतिलाई आग्रह गर्ने, विघटित संविधानसभामा सभासद भएका दलको संयुक्त बैठक बोलाउने, विदेशमा रहेका नेपालीले पनि मतदानको अधिकारका लागि पहल गर्ने, संबिधानसभामा पहिले भएका सहमति आगामी संविधासभामा पनि कायम गर्न पहल गर्ने र संघीय समाजवादी पार्टीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

प्रतिक्रियाहरु