कुठाउँमा हास्दा ….

२०७० भाद्र २१ गते, शुक्रबार

भदौ २१ – जहाँ खुशीको माहौल छ, मानिस खुशी प्रकट गर्न हाँस्छ ।तर जहाँ दुःख र बिलौना छ त्यहाँ बसेर हाँस्दाको परिणाम के होला ? यस्तै ठाउँ न कुठाउँ हाँसेका एक जना चिनियाँ अधिकारी विवादमा तानिएनन् मात्रै, त्यसैका कारण पोल खुल्दै जाँदा १४ वर्षको जेल सजायँ पाएका छन् ।
चीनको साङ्सी प्रान्तका वर्क सेफ्टी एड्मिनिष्ट्रेसनका पूर्व प्रमुख याङ डाकाई गएको वर्ष ३६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनास्थलमा हाँसेको फोटो सार्वजनिक भएको थियो ।उनको हाँसो असंवेदनशील र अनुपयुक्त भएको भन्दै आक्रोशित इन्टरनेट प्रयोगकर्ता उनको पछाडी यसरी लागे कि अन्ततः सरकार उनीविरुद्ध छानबीन र कारवाही अघि बढाउन बाध्य भयो ।इन्टरनेट प्रयोगकर्ता र फोटोग्राफरले याङले बिलाशी घडी लगाएका थरी थरीका फोटा सार्वजनिक गरे । उनीहरुको तर्क थियो–याङको सरकारी जागिरबाट हुने आम्दानी त्यस्ता घडी लगाउनका लागि पर्याप्त छैन । त्यसलाई लिएर उनलाई नाम नै दिईयो–ब्रदर वाच ।
अनलाईनमा याङ विरुद्ध सुरु भएको अभियान सरकारी छानविनमा परिणत भयो र लगत्तै पत्ता लाग्यो याङले ठुलो रकम घुस लिएका रहेछन् । छानबीन पछि याङ पद र पार्टीबाट बर्खास्त भए ।छानबीनका क्रममा उनलेले पेश गरेको कुल १ करोड १७ लाख ७० हजार युआन बराबरको सम्पत्ति मध्ये ५० लाख युआनको श्रोत नै खुलाउन सकेनन् । आरोप पुष्टि भएपछि अदालतले १४ वर्षको जेल र ५० हजार युआन जरिवानाको सजायँ सुनाएको छ ।
यस्तै याङले घुस लिएको ठहर भएको २ लाख ५० हजार युआन, श्रोत नखुलेको ५० लाख युआन जफत गर्न पनि अदालतले आदेश दिएको छ ।
याङले भने गएको वर्ष बस दुर्घटनाका बेला हाँस्नुको उद्धेश्य संवेदनाहीन हुनु नभई आफूभन्दा तल्लो तहका कर्मचारीका मनोबल बढाउनु रहेको तर्क गरेका छन् ।ठूलो दुर्घटना देखेर अर कर्मचारीहरु हतास भएका बेला उनीहरुलाई र आफैँलाई पनि हौस्याउन थोरै मुस्कुराएको उनको दावी छ । यस्तै महंगो घडीका बारेमा उनले भनेका छन्–मैले मेरो वैध आम्दानी प्रयोग गरी घडी किनेको हुँ, र म संग सबैभन्दा महंगो घडी भनेको ३५ हजार युआनको छ, जुन किन्न मेरो सामथ्र्यले भ्याउँछ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु