११ वर्षे किशोर पिता बनेपछि …

२०७० असार १३ गते, बिहीबार

न्युजिल्यान्डका एक ११ वर्षीय किशोर पिता बनेका छन् । आफ्नै विद्यालयको एक साथीको ३६ वर्षीय आमाको यौन दबाबमा उनी पिता बनेका हुन् । अकलेन्ड टापुमा बस्ने महिलाले ती किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब मात्र दिइन्, अन्ततः पितासमेत बनाइन् । न्युजिल्यान्ड हेराल्ड दैनिकले बताएको छ । किशोलाई यौन सम्पर्क गराउन महिलाले विभिन्न प्रलोभन र प्रयास गरेको समाचारमा जनाइन्छ । उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गरेको बताइन्छ । किशोरसँग महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको बताइन्छ । नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिस सो मुद्दालाई विद्यालय र अदालतसामु लैजाने जनाएका छन् । ती किशोरको विद्यालयका प्रधानाध्यापकले चासो र चिन्ता व्यक्त गरेपछि ती किशोर र उनको नवजात शिशुलाई हेरचाह गरिएको छ । सो घटनाले बालबालिकामाथि यौन दुव्र्यवहार गर्नेविरुद्ध आवाज उठाउने निकायले महिला अपराधीविरुद्ध ध्यान नदिएको गुनासो बढेको छ । सो विषयले बाल यौन दुराचारी महिलालाई के गर्ने भन्ने विषमा इन्डोनेसियाली कानुनमन्त्रीलाई पनि झकझक्यााएको छ । ‘यस घटनाले महŒवपूर्ण विषय उठाएको छ । आवश्यक कानुन परिवर्तन गर्न आवश्यक छ कि छैन भनेर म अधिकारीसँग छलफल गर्नेछु,’ कानुनमन्त्री जुडिथ कोलिन्सले भनिन् । यस घटनाले बलात्कारका घटनामा हुने विभेदलाई समेत उजागर गरेको छ । न्युजिल्यान्डको कानुनअनुसार बाल बलात्कारी महिलाको बारेमा खासै स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पुरुषले जबर्जस्ती यौन सम्पर्क गरेमा हुने सजायका बारेमा मात्र विद्यमान कानुनमा सजाय गर्न सकिने व्यवस्था उल्लेख छ । सो घटनाको खुलासपछि आफू ‘सक’ बनेको प्रधानाध्यापकले बताएका थिए ।- एजे

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु