तालु खुइलेहरूलाई मुटुरोगको खतरा

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । जापानको बीएमसी ओपनमा प्रकाशित अध्ययनले कपाल पातलो हुने मानिसमा मुटुको समस्या हुने देखाएको छ । जापानका अनुसन्धानकर्ताले हालै गरेको अध्ययनमा तालु खुइलेहरूलाई मुटुको धमनीसँग सम्बन्धित रोग लाग्ने ३२ प्रतिशत बढी सम्भावना भएको जनाइएको छ । ७ हजार मानिसमा गरिएको सो अध्ययनमा सो खतरा धुमपान गर्ने र बढी मोटो मानिसको तुलनामा भने न्यून नै रहेको बताइएको छ । यर्सथ धुमपान गर्न वा मोटो मानिसलाई तालु खुइले मानिसलाई भन्दा अझै बढी धमनीसँग सम्बन्धित रोग लाग्ने बढी खतरा अध्ययनमा औल्याइएको छ । अध्ययनमा समावेस भएका मध्ये आध मानिसको कपाल उनीहरू ५० वर्षुग्दा निकै पातलो भएको थियो । त्यसैगरी, ८० प्रतिशत मानिस ७० वर्षुग्दा पर्ूण्ारूपमा तालु खुइले भएका थिए । युनिर्भसिटी अफ टोकियोले तालु खुइले र मुटुको समस्याबीच सम्बन्धको यस अगाडिको अध्ययनलाई पनि समावेस गरेको थियो । तालुमा कपालको मात्र घटदै जानु मुटुरोगसँग सम्बन्धित भएको अनुसन्धानकर्ताले बताएका थिए । यसमा उमेर र जीनसँग पनि सम्बन्धित भएको उनीहरूको भनाई छ । हामीले तालु खुइले र ‘कोरोनरी हर्टडिजिज’बीच महत्वपूण्ासम्बन्ध रहेको पाएका छौं,’ युनिर्भसिटी अफ टोकियोका डा तोमोहाइड यमन्डाले भने, तर, धुमपान, मोटोपन, र उच्च रक्त चाप सम्बन्धि समस्या र मुटुको रोगबीचको सम्बन्ध जस्तो भने होइन । उनले तालुमा कपाल गुमाउँदै गरेका युवाले आङ्खनो जीवन शैलीलाई सुधार गर्नुपर्नेमा जोड दिए । जीवन शैली सुधार गरेमा मुटु स्वस्थ रहने उनको दाबी छ । तर, मुटु रोग र तालु खुइलिने समस्याबीच पर््रयाप्त प्रमाण भने अझै नभएको पनि उनले स्वीकारेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु