धुलो-धुावाले आखाको समस्या बढ्दो

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । गर्मी सुरु भएलगत्तै अस्पतालमा आाखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी मौसम आाखाको लागि प्रतिकूल रहरूेको चिकित्सकहरूको भनाई छ । गर्मीमा बढी मात्रामा आाखा पाक्ने -कन्जन्टेभाइटिस), आाखा चिलाउने र सुखा हरूुनेलगायतका समस्या देखिन्छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहरूेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा वायु प्रदूषण, अत्यधिक मात्रामा रहरूेको धुलोले राजधानीमा यस वर्ष गर्मी सुरु भएसागै धेरै बिरामीको आाखा रातो देखिएको बताए । ‘काठमाडौमा भइरहेको सडक विस्तारले धुलोको मात्रा थपेको छ, धुवाका कारण पनि प्रदूषण बढेको छ,’ उनले भने, ‘चैत-वैशाखमा सबैतिर सुखा हुने भएकाले यो याम आाखाका लागि सबैभन्दा जोखिम पूर्ण हुन्छ ।’ कन्जन्टेभाइटिस हुादा आाखाको सबैभन्दा बाहिरूरी झिल्ली रातो भई सुन्निने, विस्तारै आासु बग्ने र चिप्रा लागेर परेलीको डिल सुन्निने डा. शर्माको भनाइरहरूेको खबर छ । कन्जेन्टेभाइटिस ब्याक्टेरिया र भाइरस दुबै कारणले हुन्छ । ब्याक्टेरियाका कारण बच्चामा कन्जन्टेभाइटिस बढी हुने गरेको छ । रोगबाट बच्ने उपाय कन्जन्टेभाइटिसका बिरामीले प्रयोग गरेको औषधी, आासु पुछेको रुमाल र संसर्गबाट सर्ने हुनाले सकेसम्म बिरामीले प्रयोग गरेको वस्तु प्रयोग नगर्ने । आाखा चिलाउदा तथा सुख्खा भएमा कृत्रिम आासु प्रयोग गर्ने र ओसिलो बनाउने । केटाकेटीलाई बढी घाम, धुलो र धुावाबाट जोगाउने । कालो चश्माको प्रयोग गर्ने । केटाकेटीलाई नियमति चिसो पानीले अनुहरूार र आाखा धुन सिकाउने । टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा आराम गर्ने तथा चिसो पानीले मुख धुने । मोटरसाइकलमा हिरूाड्नेले भाइजर प्रयोग गर्ने । आवश्यक मात्रामा झोल पदार्थ पिउने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु