दलको विकल्प नखोजदलको विकल्प नखोज

२०६९ फाल्गुन १३ गते, आईतवार


देश अत्यन्तै गम्भीर संकटमा परिरहेको छ । देशको स्थिति यति धेरै गम्भीर बन्नुको कारक यहीका राजनीतिक दलहरू हुन् । आफूले दलाललाई देशको सबैभन्दा ठूलो दल र आफूलाई सबैभन्दा ठूलो नेता भन्न रुचाउने दल र नेताहरूको हर्कतका कारणले नै वर्तमान संकट निम्तिएको कुरा कसै र कतैबाट छिप्न सकेको छैन । देश र जनतालाई समुन्नत बनाउँछु भनी राजनीतिमा होमिएका नेताहरूको नालायकीपन कै कारण दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलन गरेर प्राप्त भएका तमाम उपलब्धिहरू गुम्ने स्थितिमा पुगेको छ । तर, पनि वर्तमान संकट निवारणको लागि दलको कुनै विकल्प देखिँदैन । देश र जनताको लागि राजनीतिक दल र नेताहरू इमानदार हुनर्ैपर्छ । दल र नेताहरू देश र जनताप्रति उत्तरदायी भए भने जस्तोसुकै संकट पनि क्षणभरमा समाधान गर्न सक्छन । हिजो राजतन्त्र फाल्न जसरी दलहरू एकजुट भएर सफलता प्राप्त गरेका थिए । त्यसको दाँजोमा अहिलेको समस्या केही होइन । राजनीतिक दलहरू र जनताप्रति इमानदार हुने हो, वर्तमान राजनैतिक र संवैधानिक संकट क्षणभरमा समाधान हुन्छ । त्यस कारण अहिलेको राजनीतिक संकट समाधान गर्न प्रत्येक दलले आफ्नो दल र आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर निर्ण्र्ाालिने भए क्षणभरमै समाधान हुन्छ, यसमा कुनै दर्ुइमत छैन । यदि देश र जनतालाई नै बेवास्ता गर्दै राजनीतिक दल र नेताहरू अगाडि बढेमा यो उनीहरूलाई …को न्यानो भन्ने नेपाली उखानजस्तै केही क्षणका लागि सरल भए पनि यसले भविष्यमा गम्भीर संकट निम्त्याउँछ । दलहरूले बेलैमा ध्यान पुर्याउनर्ुपर्छ, अन्यथा देशको राजनीतिक लगाम उनीहरूको हातबाट गुम्नेछ । जुन कुरा प्राप्त गर्न फेरि ठूलो बलिदानको आवश्यकता पर्न सक्छ । तर्सथ, दलहरूले आफ्नो विकल्प नखोजी देश र जनताको लागि आपसमा सहमति र सहकार्यमा जुट्नुको विकल्प छैन । त्यसैले वर्तमान संकटको निकासका लागि देशका सबै राजनीतिक दलहरू एकै ठाउँमा भेला भएर गम्भीर बहस चलाएर त्यहीँबाट निकास खोज्नर्ुपर्छ । अहिलेको आवश्यकता र जनताको चाहना पनि यही छ,

प्रतिक्रियाहरु