दलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरियादलहरूभित्रैबाट निकास खोज- राजेन्द्र चिमौरिया

२०६९ फाल्गुन ६ गते, आईतवार

वर्तमान राजनीतिक संकटको निकासका लागि भन्दै यतिबेला प्रधानन्यायाधीशलाई सरकारको बागडोर सुम्पने तयारीमा एमाओवादीलगायतका केही ठूला दलहरू मरिहत्ते गरेर लागिपरेका छन् । के नेपालका राजनीति दलहरू अक्षम भइसकेका हुन् – के अब उनीहरू देश र जनताको पक्षमा आफूलाई उभ्याउन अर्समर्थ भइसकेका हुन् – यतिबेला आमस्वाभिमानी नेपाली नागरिकले उठाउने गरेको प्रश्न हो, यो । देशको राजनीतिक समस्या समाधान गर्ने तथा देश जनताको नेतृत्व लिने काम राजनीतिक दलहरूको नै हो । अप्ठ्यारो पर्दा आफ्नो जिम्मेवारी अन्यत्र पन्छाएर, अरुलाई भारी बोकाएर सजिलो र अनुकूल भएको बखत सरकार र सत्ताको स्वाद चाख्न खोज्ने एमाओवादीलगायतका केही दल र नेताहरूको अवसरवादी चरित्रले समग्र देश र जनतालाई भड्खालोमा हाल्न खोज्दैछ  देशमा राजनीति गर्ने नेताहरू नै हुन् । अप्ठ्यारो स्थिति आयो भन्दै राजनीतिक नेतृत्वबाट भाग्न पाइँदैन । देश र जनताको राजनीति गर्ने दल र नेताहरूले आफ्नो दलगत र व्यक्तिगत स्वार्थलाई त्याग्दै वर्तमान संकटको निकास दलहरूभित्रैबाट खोज्नर्ुपर्छ । दलहरू आपसमा नमिली देशको राजनीति अन्य कुनै व्यक्ति विदेशलाई सुम्पनु भनेको निरङ्कुशतालाई निम्त्याउनु हो, जुन पछि गएर स्वयम् ती दल र नेताहरूलाई समेत घातक ठहरिनेछ । त्यसैले वर्तमान संकटको निकास सरकारको नेतृत्व प्रधान न्यायाधीशलाई सुम्पनु मात्र हुन सक्दैन । यसले त झन् संकट गहिराउँछ, अस्थिरता निम्त्याउँछ र देश र जनताले प्राप्त गरेको गणतन्त्र गुम्न सक्छ । तर्सथ, समयमै एमाओवादीलगायतका दल र नेताहरूले यस विषयमा गम्भीर भएर सोच्नु पर्छ । यदि समयमै बुद्धि नपुर्‍याए भविष्यमा यी दलहरूले आफ्नै हात आफैँले काटेर दिएको स्थिति व्यहोर्नुपर्ने निश्चित छ भने उनीहरूको यस दुष्कार्यको नेपाली जनताले दर्ीघकालीनसम्म पीडा भोग्नुपर्ने हुन्छ । त्यसैले दलहरूले आपसमा सहकार्य गरेर, वर्तमान संकटको निकास खोज्नर्ुछ । यसैमा दलहरूको भविष्य सुनिश्चत छ, चेतना भया । 

प्रतिक्रियाहरु