१८ गते नेपाल बन्द नहुने

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका), पूर्व मन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य पदम राई, मजदुर नेता प्रेम दर्नालसहित १५ जना हिजो साझा रिहा भएपछी माओवादीले १८ गते नेपाल बन्द नगर्ने बताएको छ ।गतशुक्रबार गिरफ्तार परेका नेकपा माओवादीका दुई पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु रिहा भएका छन् । नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ कार्यक्रमबाट समातिएका माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका), पूर्व मन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य पदम राई, मजदुर नेता प्रेम दर्नालसहित १५ जनालाई अहिले हिजो साझा रिहा भएकाहुन । आफ्ना नेता र कार्यकर्ता रिहा भए पछि १८ गतेको नेपाल बन्द सहितको कार्यक्रम फिर्ता लिएको महासचिब बिप्लबले एक प्रेस बक्तब्य जारी गरि बताएका छन । नेकपा माओवादीका महासचिब बिप्लबले जारी गरेको प्रेस बक्तब्यको पूर्ण बिबर यस प्रकार रहेको छ – “हाम्रो पार्टीले देशमा बढिरहेको भ्रष्ट्राचार, महंगी, कालाबजारी र राष्ट्रघातका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ । अपर कर्णाली, माथिल्लो मस्र्याङ्गदी, अरुण तेस्रो लगायतका विद्युत परियोजना निर्माण, उत्पादन र उत्पादित विलुजी बिक्रीको जिम्मा भारतीय नीजि कम्पनी जीएमआरलाई दिनकालागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक, योजनागत परियोजनाको तयारी लगानी बोर्डका मुख्य अधिकृत राधेश पन्तले गरेको कुरा सार्वजनिक भैसकेको छ । सबै पार्टी भित्रका देशभक्त, नागरिक समाज, जलस्रोतविद्हरुले परियोजना विकास सम्झौता र उत्पादित विजुली बिक्री सम्झौताको विरोध गर्दागर्दै पनि हस्ताक्षर भएको थियो ।
उक्त राष्ट्रघाती र उक्त परियोजना स्वीकृति गर्दा गएिको भ्रष्ट्राचारको विरोध स्वरुप गत चैत ६ गतेका दिन मुख्य मतियार राधेश पन्तको निवासमा गरिएको विरोध कार्यक्रम सकिइ फर्कने क्रममा गृहमन्त्रीको प्रत्यक्ष निर्देशनमा हाम्रा पार्टीका नेता एवं पूर्व सभासद् असारे काका, पूर्व मन्त्री पदम राई लगायतका कमरेडहरु र उक्त गिरफ्तारी विरुद्ध गरिएको संघर्षका क्रममा पुसिल प्रशासनले थप नेता÷कार्यकर्ताको धरपकड गरेपछि बाध्य भई यही चैत १८ गते नेपाल बन्दसम्मको संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य भएका थियौं । हामीले घोषणा गरेको कार्यक्रम, आम जनता, देशभक्त, भ्रष्टाचार, कालाबजारी, महंगी विरोधी संघ÷संस्था, व्यक्तिहरुको सहयोग र समर्थनका कारणले यो राज्यसत्ता असारे काका लगायतका नेता र कार्यकर्याहरुलाई छोड्न बाध्य भएको छ । त्यसैले नेपाल बन्दसँग सम्बन्धित कार्यक्रमहरु अहिलेका लागि फिर्ता लिएका छौं । तर यो सरकारले महान् जनयुद्ध, विभिन्न जनआन्दोलनको बल र भावना बमोजिम निर्माण भएको अन्तरिम् संविधानमा उल्लेखित विरोध, प्रदर्शनी गर्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाएको छ । सरकारको यो रवैयाको हामी विरोध र भत्र्सना गर्दछौं । हाम्रो पार्टीले आयोजना गरेका कार्यक्रमप्रति हुँदै आएको सहयोग, समर्थन, ऐक्यबद्धताप्रति हार्दिक आभार पनि व्यक्त गर्दछौं ।”

प्रतिक्रियाहरु