हिमपहिरोमा बेपत्ता कोरियाली नागरिकको शव भेटियाे

२०७७ बैशाख १६ गते, मंगलवार

काठमाडौं, १६ बैशाख । नेपाली सेनाको श्री विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिमपहिरोमा पुरिएर बेपत्ता भएका एक कोरियाली नागरिकको शव तीन झण्डै साढे तीन महिनापछि भेटिएकाे जनाएको छ । टोलीले कोरियाली नागरिकको शव हिजो फेला पारेर आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो ।
आज एक विज्ञप्ती जारी गर्दै नेपाली सेनाले गत वर्षको माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.१ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ३ जना नेपाली गाईड तथा ४ जना कोरियाली पर्यटकहरु मध्ये २ जना नेपाली गाईड र २ जना कोरियाली पर्यटकहरुको शव पहिल्यै फेला पारिसके पनि थप एक कोरियाली नागरिकको शव फेला पारेर आज पोखरा पु¥याएको जनाएको छ ।
खोजी कार्यमा खट्टिएको नेपाली सेनाको टोलीले अझै हराईरहेका बाँकी १-१ जना नेपाली र कोरियन नागरिकको हिंँउभित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु