सरीता गिरीलाई सांसद र पार्टी दुबैबाट निष्कासन गर्न सिफारीस

२०७७ असार २३ गते, मंगलवार


काठमाडौँ , २३ असार । समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठन गरेको कार्यदलले सरीता गिरीलाई सांसद र पार्टी दुबैबाट निष्कासन गर्न सिफारीस गरेको छ । सो कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेका छन ।
नेपालले नयाँ नक्सा जारी गरे पछि दिएको अभिव्यक्तिका कारण विवादमा परेकी सांसद सरीता गिरीलाई पार्टी र सांसद दुबै ठाँउबाट निष्कासन गर्न समाजवादी पार्टीले गठन गरेको कार्यदलले सिफारीस गरेको हो ।
पार्टी र ससदीय दलको निर्देशन र ह्वीप अस्वीकार गर्दै सविधान शसोधन प्रस्ताव बिरुद्ध संसोधन प्रस्ताव हालेकी गिरीलाई कार्यदलले स्पष्टीकरण सोधे पनि त्यसमा उनले चित्तबुझ्दो जवाफ नदिएको बुझिएको छ ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्। ।

प्रतिक्रियाहरु