शनिवार र आइतबार वर्षा र हिमपातको सम्भावना

२०७६ पुष १९ गते, शनिबार

काठमाडौं , १९ पुष । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतवारसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जनाएकाेछ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
यसैगरी महाशाखाले राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
यसैगरी आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार