विश्वकै ठूलो टेलिस्कोप: आकार ३० वटा फुटबल मैदान जत्रो !

२०७६ पुष २८ गते, सोमबार

काठमाडाैं, २८ पुष । चीनले २० वर्ष लगाएर बनाएको विश्वकै ठूलो टेलिस्कोपको तीन वर्षको परीक्षण पछि शुरु भएको छ । २०१६ देखि परीक्षणमा राखिएको थियो । राष्ट्रिय विकास तथा सुधार आयोगले गुईझोउ प्रान्तमा स्थापना गरेको यो टेलिप्कोप विश्वभरका खगोलविद्का लागि खुल्ला गरिएको आयोगका अध्यक्ष सेन जुलिनले बताए । यो प्युर्टोरिकाको अरेबसी अब्जरभेटरी भन्दा अढाई गुना संवेदनशील रहेको छ । यो रेडियो टेलिप्कोमा प्रत्यक सेकेण्डमा ३८ गिगाबाईट डाटा जुटाउन सकिने छ । यसको उदेश्य अन्तरीक्षको खोजमा मद्धत पुर्याउनु हो । यसले अन्तरीक्षमा जीवनको खोज तथा एलियन्सको पत्ता लगाउनु हो ।
यो टेलिस्कोप स्थापना भएको क्षेत्र पाच किलो मिटर वरपर कुनै शहर रहेको छैन । यो टेलिप्कोपमा ४४५० प्यानल रहेको छ । करीब २ हजार करोड नेपाली रुपैया बराबरको लगानी यसको निर्माणमा भएको छ । ३० वटा फुटबल मैदाज जत्रो यो टेलिस्कोपको आकार रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु