रोकिएन ढुंगा–गिट्टी उद्योगको मनपरी

२०७५ जेष्ठ १० गते, बिहीबार

काठमाण्डौ, १० जेठ । काठमाडौँ उपत्यकामा रहेका अधिकांश ढुंगा–गिट्टी उद्योगले प्रदूषण कम गर्ने कुरामा ध्यान दिएका छैनन् । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि गर्छु भनेका कुरा कार्यान्वयन नगरेको पाइएको वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए । विभागले नियमितरुपमा उद्योगहरुमा प्रदूषणको अवस्था बुझ्नका लागि अनुगमन गरिरहेको छ । उनि भन्छन , “अनुगमनका क्रममा यी उद्योगले कुनै पनि खालको सावधानी अवलम्बन नगरेको पाइएको हो ।” ईआइए प्रतिवेदनमा उद्योगले गर्नसक्ने प्रदूषणको अनुमान गर्दै नियन्त्रण गर्ने उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन्छन् ।
धुलो नउडोस् भनेर दैनिक पानी छर्कने, वरपर ढाक्ने गरेर पर्खाल लगाउनेदेखि प्रदूषण नियन्त्रण गर्ने उपकरणको जडानसमेत पर्छ । उद्योग आफैँले पनि स्व–अनुगमन गरेर सम्बन्धित निकायमा प्रतिवेदन बुझाउनुपर्छ । तर अधिकांशले स्व–अनुगमन गरेको पाइँदैन । नियमित कार्यक्रमअनुसार विभागले उद्योगको अनुगमन गर्दै आएको छ । स्थानीय निकायमा वातावरण प्रदूषणसम्बन्धी मुद्दा आइरहेका हुन्छन् । तीनै उजुरीका आधारमा पनि अनुगमन गरेर कारबाहीको सिफारिश हुने गरेको विभागले जनाएको छ । वातावरण प्रदूषण बढाएको भन्दै केही वर्ष पहिलेदेखि बन्द उद्योग अहिले स्थानीय निकायले धमाधम खुलाइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार