राष्ट्रिय कर्मचारी महासंघका नेता रविन्द्र देउला गिरफ्तार

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीनिकट राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य एवं नारायणी ब्युरो इन्चार्ज रविन्द्र देउलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देउलालाई आज बिहान प्रहरीले हेटौंडाबाट नियन्त्रणमा लिएको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जानकारीमा आएको छ ।
यसैबीच, नेकपा मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ज्वालाले प्रहरीले देउलालाई तुरुन्त रिहा नभए पार्टी जिल्ला समिति नयाँ एक्सन लिन बाध्य हुने बताएका छन् । राजनीतिक आस्था राखेकै भरमा कसैलाई पनि गिरफ्तार गर्न नमिल्ने बताउँदै ज्वालाले यो सबै लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् । प्रहरीले सुतिरहेको बेला देउलालाई नियन्त्रणमा लिएकोप्रति पार्टीले यसको घोर भत्सर्ना गरेको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दिलिपराज झाले भने देउलालाई पक्राउ नभई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताएका छन् । ‘केही विषयको अनुसन्धान वहाँसग गर्नुपर्ने छ । पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको हो । ’ प्रवक्ता झाले भने ।

यसैगरी , अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रिय सदस्य तथा नेकपा डडेल्धुराका युवा नेता दिप भन्डारीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ

प्रतिक्रियाहरु