रक्तचाप नियन्त्रण गरौ – डा. हेमराज कोइराला

२०७१ माघ १० गते, शनिबार

के हो रक्तचापः
रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब -चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलक १०० – १३० एम्.एम्.एच्.जी.सम्म हुन्छ भने डाएस्टोलिक ६० – ८५ एम्.एम्.एच्.जी. सम्म रहन्छ । यदी रक्तचापले यी मानविन्दुहरू नाघेमा रक्तचापको समस्या भएको मानिन्छ । सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आर्दश रक्तचाप मानिन्छ ।
उच्च रक्तचाप
मुटु तथा कोरोनरी धमीनी जस्ता रोगको मुख्य कारक, मस्तिष्कघात, मिर्गौला फेलिएर र दृष्टिनाश जस्ता समस्याहरूको मूलजरोका नामले सम्बोधन गरिएको यो रोग प्रत्येक वर्षनब्बे लाख मानिसहरूको मृत्युको कारण पनि हो । आज संसारभर तीन मध्ये एक जना मानिसमा उच्च रक्तचापको समस्या छ भने कररोडौ मानिस यही रोगको कारणले उत्पादक मूलक जीवन जीउन बन्चित छन् ।
उच्च रक्तचापका प्रकारः
उच्च रक्तचापलाई प्राथमिक/प्राइमरी -९४% मा) र द्वितीएक/सेकेन्डरी -६ मा %) गरेर दुइ समुहमा बाडिएको छ । रोगको कारक तत्वहरूको एकिन नभएका हुँनाले प्राइमरी रक्तचापलाई कारण रहित -इडीओपेथिक) उच्च रक्तचाप पनि भनिन्छ । रोगका खास कारणहरू नभए पनि यो रोग आनुवांशिकता, वातावरणीय अन्तरसम्बन्ध, जीवन शैली र व्यक्तिको शाररिक तथा मानसिक प्रकृतिको उपज हो । खास गरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायम नगर्ने, सर्ूर्ती जन्य तथा अन्य नशालु पदार्थहरूको सेवन गर्ने, जाँड-रक्सी जस्ता मादक पदार्थहरूको सेवन गर्ने क्लोरेस्टेरोलका समस्या भएकाहरू, खानामा रेसा र चोक्कर नलिनेहरू, टायप ए व्यक्तित्व भएकाहरू, तनाव, चिन्ता, भय र उदासिनता भएकाहरूमा ज्यादा देखिएको छ । धेरै कम प्रतिशत -६%) मा पाइने सेकेन्डरी उच्च रक्तचापको भने निश्चित कारणहरू हुन्छन् । ६ प्रतिशत मध्ये ४ प्रतिशत मिर्गौला तथा रक्तनलीहरूको खरावीका कारणले, १ प्रतिशत अन्तश्रावी ग्रन्थी तथा हरमोनहरूको गडबढीको कारणले र बाँकी १ प्रतिशत औषधीहरूको साइड इफेक्टका कारणले हुने गर्दछ ।
लक्षणहरूः
उच्च रक्तचाप भएकाहरूलाई लगातार टाँउको दुख्ने -खास गरी पछाडीको भागमा) रिङ्गटा चल्ने, चाँडै रिस उठ्ने, छात्ती दुख्ने – पोल्ने, चक्कर लाग्ने, कानबज्ने, दृष्य धमिलिने, श्वास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षणहरू देखिन्छ ।
जोखिमहरूः
उच्च रक्तचाप आफैमा कुनै रोग होइन तर सयौ रोगहरूको जननी हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात -दृष्टि गुम्नु) मुटु सुन्निने, रक्तनलीहरू तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थ्थता जस्ता समस्याहरू आउन सक्छ ।
उपचारः
सेकेन्डरी उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारणहरू पत्ता लगाएर आवश्यक मेडिकल वा र्सर्जिकल विधि अपनाउनु पर्ने हुन्छ । प्राइमरी उच्च रक्तचाप भएकाहरूले जीवन शैली परिर्वतन गर्ने तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधीहरू खानु पर्ने हुन्छ । जीवन शैली परिवर्तन नगरी औषधीमात्र लिँदा पनि रक्तचापलाई दीघकालिनरूपमा नियन्त्रण गर्न सकिएको छैन । तर्सथ उच्च रक्तचापका रोगीहरूले जीवन शैलीमा परिवर्तन गर्न नितान्त आवश्यक छ ।
जीवनशैली परिवर्तनः
जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको स्वास्थ्यमैत्री हुनेगरी ठीक-ठीक समायोजन गर्नु हो ।
भोजन व्यावस्थापनः
उच्च रक्तचाप तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्त्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरूको छनौट व्यक्तिको प्रकृति, विकृति -रोग), बल, वय -उमेर), सत्व -मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड र खनिज तथा लवणहरूको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरू उच्च रक्तचाप तथा मुटुरोगका लागि राम्रो मानिन्छ । चामल, गहु, मकै, आलु, पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।
१. घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरूको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरूको उपयोग गर्नुपर्छ । शुद्धतोरी वा र्सूयमुखीको तेल अन्य भन्दा उत्तम छन् ।
२. उच्च रक्तचाप भएकाहरूले पर्ूण्ा शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोलेे कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।
३. नदेखिने चिल्लो पदार्थका श्रोतहरू, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरू खानु हुदैन ।
४. तौल ज्यादा भएकाहरूले कम क्यालोरी भएका खानाहरू खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ उच्च रक्तचापको लागि राम्रो होइन ।
५. पेटभरी ठुसी-ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।
७. खानामा नुनको मात्रा दर्ुइ-तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु तथा रक्तचाप रोगको जोखिम बढाउँछ ।
८. खानामा रेसा र चोकर युक्त खाद्यान्नहरूको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्ला अन्नहरूमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।
व्यायाम ब्यस्थापन
१. मुटु तथा रक्तचापका रोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।
२. दक्ष योग गुरुबाट मुटु तथा रक्तचापका रोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले रक्तचापको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।
३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।
बिश्राम व्यबस्थापन
१. मुटु तथा रक्तचापकारोगीका लागि बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुण छ, राति चाढै खाना खाने र खाएको तीन घण्टा -पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । न्रि्रा नआउनेहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखाने बित्तिकै सुत्ने बानी मुटु तथा रक्तचाप रोगमा खतरनाक मानिन्छ ।
२. शारीरिक तथा मानसिकरूपले विश्राम लिनका लागि योग आसन, योग न्रि्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक , प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक डिप रिल्याक्सेसन् टेक्निक , क्विक रिल्याक्सेसन टेक्निक – इन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक जस्ता बिश्रामका विधिहरू सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ तर यी उपचार पद्दतिहरू चिकित्सकिय परामर्षा मात्र गर्नुपर्छ ।
विचार व्यावस्थापन
१. मुटु तथा रक्तचापका रोगवाट बच्न अव्यवहारिक र पुरा नहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरू सम्वधोन गर्न, अरुको भावनाहरूको सम्मान गर्न, समाज र परिवारको मान्यताहरूस“ग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पत्ति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाई तिरोहित गर्नु हुदैन ।
२. सकारात्मक चिन्तन मुटु तथा रक्तचापका जस्ता रोगको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरूको दुइ अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुरोग तथा रक्तचाप नियन्त्रणका लागि राम्रो हो ।
३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग न्रि्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पूवक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।
४. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ
ब्यबहार ब्यबस्थापन
१. बिहान ब्रम्ह मुहर्तमा -घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदासम्मको समय) उठिसक्ने, उठ्नेबित्तिकै दुइ गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायामको लागि तयार हुनुपर्छ ।
२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरूलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचार्रुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।
३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।
४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटु तथा रक्तचापका लागि राम्रो होइन । इमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गर्ने गरौं ।
५. आफ्नो ब्यक्तित्वलाई लचकदार र र्सवप्रिय बनाउँ । अहंकार, घमण्ड र मपाईत्वलाई प्रश्रय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरूसँग करुणा, आनन्दितहरूसँग मित्रता, सज्जनहरूसँग मुदिता राखौं भने दर्ुजनहरूको वास्तै नगरौं ।
६. आफ्ना गल्ति तथा भुलहरूलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरूलाई लिएर तनावग्रस्त हुने नगरौं । इखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्यक्ति उच्च रक्तचापको सिकार हुन सक्छ ।
-लेखक कुन्डलिनी हस्पिटल झम्सिखेल, ललितपुरको मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु