मनैदेखि हाँस्नु औषधि !

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ७ जेठ । हाँस्दा तनमनमा उत्साहको सञ्चार हुन्छ । मनैदेखि हाँस्नु त कुनै औषधिभन्दा पनि कम हुँदैन । यसले एउटा उत्तम टनिकको काम गर्दछ । त्यसैले अहिले विश्वका विभिन्न स्थानमा हाँस्य क्लबहरु बनाइँदैछ, ताकि भागदौडपूर्ण जिन्दगीमा तनावबाट मुक्ति मिलोस् ।
हास्दाको फाइदा
१. के तपाईलाई थाहा छ, कुराकानी के बेलामा हामी जति अक्सिजन लिन्छौ त्यो भन्दा ६ गुना बढी अक्सिजन हामीले हाँस्ने बेलामा लिने गर्दछौ । यसरी शरीरले राम्रोसँग अक्सिजन प्राप्त गर्दछ ।
२. मनोवैज्ञानिक पनि तनावबाट ग्रस्त व्यक्तिलाई हाँसिरहने सल्लाह दिने गर्दछन् । मनोवैज्ञानिकहरुका अनुसार जब तपाई मुस्कुराउनु हुन्छ तब तपाईको मस्तिष्क आफै सोच्न थाल्दछ कि तपाई खुस हुनुहुन्छ–यही प्रक्रिया पूरा शरीरमा प्रवाहित गर्दछ र तपाई शान्ति महसुस गर्न लाग्नु हुन्छ ।
३. जब तपाई हाँस्न सुरु गर्नु हुन्छ तब शरीरमा रक्त प्रवाह तिब्र हुन्छ । तनावमा पनि हाँस्ने क्षमता छ भने दुःख पनि केही कम हुन लाग्दछ ।
४. हाँस्दाको लाभ धेरै छन्, जस्तै हाँस्ने बेलामा क्रोध उत्पन्न हुँदैन ।
५. हाँस्दा आत्मसन्तोषका साथ सुखद् अनुभूति हुन्छ ।
६. शरीरमा नयाँ स्पूmर्तिको संचार हुन्छ ।
७. हाँस्दा मनमा उत्साहको सञ्चार हुन्छ ।
८. हाँस्दा ब्लडप्रेशर पनि कम हुन्छ ।
९. हाँसोले मांसपेशीहरुमा चाउरीपन कम गर्दछ ।
१०. हाँसोले पीडा पनि क मगर्दछ ।
११. हाँसोबाट शरीरका साथसाथै दिमागको पनि एक्सरसाइज हुने गर्दछ ।
त्यसैले तपाई पनि हाँसोलाई आफ्नो बानी व्यवहारका समावेश गर्नुस् । र, फेरि हेर्नुस् जति मस्त रहनु हुन्छ त्यति नै स्वस्थ पनि रहनु हुनेछ ।

प्रतिक्रियाहरु