मध्य तथा पुर्वी भूभाग चट्याङसहित पानी पर्ने, उच्च भागमा हिमपातको सम्भावना

२०७६ फाल्गुन २३ गते, शुक्रबार

काठमाडाैं, २३ फागुन । मौसम पुर्वानुमान महाशाखाले पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले देशको विभिन्न भागमा आज पानी पर्ने सम्भावना भएको बताएको छ । मध्य तथा पुर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहेको छ । पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार