पोखराका आधा दर्जन पेट्रोल पम्पलाई कारवाही

२०७२ श्रावण १२ गते, मंगलवार

काठमाडौ, १२ साउन । गुणस्तर तथा नापतौल विभागले पोखराका पाँच वटा पेट्रोल पम्पलाई कारवाही गरेको छ । पेट्रोल पम्पको छड्के अनुगमनका क्रममा कम पेट्रोल बेचेको भेटेपछि कारवाही गरिएको विभागले जनाएको छ । दुई वटा पेट्रोल पम्पको विषयमा अझै पनि अनुसन्धान भैरहेको तथा अन्य ३ वटा पेट्रोल पम्पलाई सामान्य कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका वरिष्ठ निरीक्षक मनोजकुमार पोखरेलले बताए ।
गुणस्तर तथा नापतौल कार्यालय कास्कीका विभागीय वरिष्ठ निरीक्षक राकेशकुमार झा नेतृत्वको टोलीले अनुगमन गर्दा कमजोरी भेटेपछि गण्डकी पेट्रोलियम कम्पनी अमरसिंहचोक र श्रीओम पेट्रोलियम टेडर्स चाउथे विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको हो ।
१० लिटर पेट्रोल भर्दा २० देखि ४० एमएलसम्म कम भए खासै त्रुटि नमानिने भएपनि दुवै पम्पमा ३ सय एमएलसम्म कम भएपछि अनुसन्धानका लागि बन्द गरिएको हो । गण्डकी पेट्रोलियम टेडर्सका दुई वटा पेट्रोलको नोजल र श्री ओमको डिजल, पेट्रोल दुवैको नोजल बन्द गरेको पोखरेलले बताउनुभयो । यी दुवै पम्पलाई उपभोक्ता संरक्षण ऐन अनुसार डेढ महिनासम्म बन्द गरेर अनुसन्धान गर्न सकिनेछ ।
अनुगमनका क्रममा पन्चरत्न आयल स्टोर्स बसपार्क, बराल आयल डिष्ट्रिव्युटर्स र कमला आयल स्टोर्स नागढुंगााबाट पेट्रोल दिँदा ५० एमएल कम भएपछि उनीहरुलाई एक एक हजार रुपैयाँ जरिवाना गरीएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार