पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

२०७५ जेष्ठ २१ गते, सोमबार

काठमाडौं, २१ जेठ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ । ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम अगाडि धर्ना दिएका छन् ।
भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोड/अनलोड नगर्ने चालकहरुले बताएका छन् । निगमका उपप्रबन्धक रामहरि निरौलाले आफूहरु समक्ष कुनै औपचारिक माग नआए पनि चालकहरु आन्दोलित भएको भन्ने जानकारी पाएको बताए । यसअघि पनि चालकहरुले भारतीय प्रहरीबाट दुव्र्यवहार हुने गरेको भन्दै गुनासो गर्ने गरेको र आन्दोलित पक्षसँग वार्ता गर्ने उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार