पाठ्यपुस्तकको अभाब कायमै

२०७३ असार ११ गते, शनिबार

काठमाडौँ, ११ असार । शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लाग्दासमेत यो वर्ष पनि पाँचथरलगायत सुदूरपूर्वी पहाडी जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लागिसकेको छ । तर, पनि पाँचथरसहित पूर्वी पहाडी जिल्लाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पर्न सकेको छैन ।
सरकारले प्रत्येक वर्ष जिल्ला–जिल्लामा समयमै पाठ्यपुस्तक पुर्‍याउने बताउँदै आएपनि यी जिल्लाका विद्यार्थीहरुको हात अझै रित्तै छ । पूर्वी भेगमा सन्चालित अधिकांश विद्यालयमा पाठ्यपुस्तक नपुग्दा बिद्यार्थी बिनापाठ्यपुस्तक अध्ययन गर्न बाध्य छन् । असार १५ देखि पहिलो त्रैमासिक परीक्षा हुने निश्चित भइसक्दासम्म कक्षा ६, ७ र ९ का पाठ्पुस्तक उपलब्ध हुन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु