पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७७ असार २२ गते, सोमबार

काठमाडौं, २२ असार । आज र भाेलि २ देशभरि रहेका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । यसअघि गएकाे वैशाख ६ र ७ गतेका लागि तोकिएको यो कार्यक्रम लकडाउन र काेराेना भाइरसकाे त्रासका कारण राेकिएकाे थियाे ।
स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार अाज र भाेलि आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि र बालभिटा समेत नि:शुल्क प्राप्त गर्न सकिनेछ । स्वास्थ्य सावधानी अपनाएर उक्त सेवा लिन शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । भिटामिन ए र बालभिटा पाँच वर्षसम्मका सबै बालबालिकालाइ दिए पनि जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । बालबालिकाे स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न र राेग प्रतिराेधी क्षमता विकास गर्न सरकारले विभिन्न खाेप र भिटामिन कार्यक्रम चलाउँदै अाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु