पत्रकार डुम्रेलाई झुठो मुद्दामा फसाउन लागेकोमा चौतर्फी आलोचना

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । पत्रकार प्रकाश डुम्रेलाई सरकारले हातहतियार तथा खरखजाना मुद्दामा फसाउने तयारी गरेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । गर्जन पा‍ेष्ट साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा सक्रिय पत्रकार प्रकाश डुम्रेलार्इ बुटवलमा वामगठबन्धनले अायाेजना गरेकाे पत्रकार सम्मेलनबाट गिरफ्तार गरिएको थियो ।
यसैक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रुपन्देहीले आज कार्यसमिति सदस्य कृयाशिल पत्रकार प्रकाश डुम्रेलाई बिनाकारण हिरासतमा राखेको र झुट्टा मुद्दा लगाउने तयारी गरेको विरुद्धमा ससम्मान रिहाईको माग गर्दै दबाबमुलक धर्ना कार्यक्रम गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय भैरहवामा हुने सो दबाबमुलक धर्ना कार्यक्रममा सम्पुर्ण पत्रकार , महासंघका पुर्ब अध्यक्षहरु, महासघका कार्यसमिति सदस्य तथा साधारण सदस्य एब सम्पुर्ण शुभचिन्तकलाई बिहान ठिक ११ बजे उपस्थित भैदिनुहुन समेत नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रुपन्देहीले अनुरोध गरेको छ ।
यसैबीच , क्रान्तिकारी पत्रकार संगठनले पत्रकार प्रकाश डुम्रेलार्इ तत्काल रिहा गर्न माग गरेको छ । उसले जारी गरेको विज्ञाप्ति यस प्रकार रहेको छ – “बुटवलमा वामगठबन्धनले अायाेजना गरेकाे पत्रकार सम्मेलनबाट गिरफ्तार गरिएका पत्रकार प्रकाश डुम्रेमाथि सरकारले हातहतियार तथा खरखजाना मुद्दा लगाएकाे छ । गर्जन पा‍ेष्ट साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा सक्रिय पत्रकार प्रकाश डुम्रेलार्इ यसरी झुट्टा मुद्दा लगाइनु खेदजनक छ । एउटा पत्रकारबाट याे राज्य र राज्यका संरचनामा बस्ने मान्छेहरु कति अातङ्कित छन र कति डरछेरुवा छन् भन्ने कुराकाे एउटा नमूना यो हाे । उहाँकाे रिहाइकाे माग गर्दै नेपाल पत्रकार महास‌ंघका तर्फबाट साता दिन अगाडि दायर गरिएकाे बन्दीप्रत्यक्षीकरणकाे मुद्दामा सर्वाेच्चले तीन दिनभित्र कारण देखाउन दिएकाे अादेशकाे रुपन्देही जिल्ला प्रहरी र प्रशासन कार्यालयले जवाफ नै नदिइ, सर्वाेच्च अदालतकाे अादेशकाे पूर्णत: अवाज्ञा गर्दै उल्टै झुट्टा मुद्दामा फसाउन खाेजिनुले याे देशमा के हुँदैछ र देशकाे राजनीति कता जाँदैछ भन्ने कुराकाे सङ्केत गर्दछ । उहाँमाथि गरिएकाे ज्यादतीका बारे राष्ट्रिय मानव अधिकार अायाेगमा पनि उजुरी हालिएकाे छ । कलम बाेकेर कार्यक्षेत्रमा काम गरिरहेकाे पत्रकारलार्इ पत्रकार सम्मेलनबाट समात्ने अनि उल्टै हातहतियार खरखजाना मुद्दा लगाउने कहाँसम्मकाे ज्यादति हाे ? याे कस्ताे लाेकतन्त्र हाे ? सरकारमा रहेका अाफूलार्इ लाेकतन्त्रका हिमायती ठान्ने दल र नेताहरु तथा अब सरकारमा अाउँदै गरेका दल र नेताहरुले अाफ्नै पत्रकार सम्मेलनबाट समातिएका पत्रकारमाथि हुँदै गरेकाे याे हदैसम्मकाे अन्यायबारे साेचून । साथै यसप्रति सम्पूर्ण सञ्चारकर्मी, पत्रकारका संघ संगठन सबैकाे ध्यान जाअाेस । पत्रकार प्रकाश डुम्रेलार्इ तत्काल रिहा गरियाेस् ।”

प्रतिक्रियाहरु