नेकपाको सचिवालय बैठक स्थगित

२०७६ श्रावण २९ गते, बुधबार

काठमाडौं , २९ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । जनवर्गीय संगठनको नेतृत्वका विषयमा मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग गरेको छलफलमा नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको बताइएको छ ।
स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे छ । यस्तै आज बिहान अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्म लागि बैठक स्थगित गरिएको हो । नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।

प्रतिक्रियाहरु