नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक

२०७४ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्‍य तथा प्रवक्ता प्रकाण्डको आमाको निधन भएको छ । विहीबार दिउँसो १ बजे कालिकोटको माल्कोटस्थित आफ्नै घरमा भरता विश्वकर्माको निधन भएको हो । ७२ वर्षीय भरता विश्वकर्मा लामो समयदेखि नसा र दमबाट पिडित हुनुहुन्थ्यो । उहाको दुई सन्तान कोपिला विश्वकर्मा र योद्धा विश्वकर्मा जनयुद्धमा सहिद भएका थिए ।
प्रवक्ता प्रकाण्ड एबम् महान शहिद कोपिला र योद्धाको आमाप्रति क्षेप्यास्त्र प्रकाशन केन्द्र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

यसैबीच, नेकपाका महासचिव विप्लवले बिहिवार दिउँसो भएको भरता विश्वकर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रकाण्ड र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेका छन ।
:

प्रतिक्रियाहरु