चिसो सुरु भएसँगै विरामी बढ्यो

२०७६ मंसिर २८ गते, शनिबार

काठमाडौं २८ मंसिर । देशभर चिसो सुरु भएसँगै विरामीको संख्या बढ्न थालेको बताइएको छ । जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसो बाट बच्न र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाएका छन् । चिसो सुरु भएसँगै दैनिक ३०\४० जना विरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । चिसो मौसमको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकाले जनस्वास्थ्यसँग जोडिने गर्दछ । जाडोको मौसममारुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने जस्ता समस्या देखिन्छ । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, वृद्धबृद्धा र बालबालिकालाई चिसोले बढी प्रभावित बनाउँछ । चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरु पुग्ने हुँदा स्वास्थ्यमा हेलचेक्राइ गर्न हुदैन । मह, अदुवा, मरिच आदिले घाँटीका नसाहरूको संकुचनलाई कम गराउने भएकोले यसलाई चिसो मौसममा प्रयोग गर्नु राम्रो हुन्छ । जाडो मौसममा स्वस्थ व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९ दशमलव ५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया भनिन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ । जाडो मौसममा बढी पानी शरीरका लागि आवश्यक हुन्छ त्यसैले प्रशस्त झोल पदार्थ र पानी पिउनुपर्छ ।
न्यानो लुगा प्रसस्त लगाउने , पोषण युक्त खाना खाने ,बिहानैको चिसोमा ननिस्किने । मद्यपान धुम्रपान सेवन नगर्ने । धुम्रपान मद्यपान जाडोमा झनै घातक हुन्छ । दूधबाट बनेका खानेकुराहरू जाडोमा थोरै खानुपर्छ । इन्फ्लुएन्जाबाट बच्न सरसफाईमा ध्यान दिने । झ्यालढोका सबै थुनेर कोठा बन्द गरेर बस्नु हुदैन । चिकित्सकका अनुसार शरीरको तापक्रम सामान्यभन्दा कम भएमा कामगर्न असजिलो हुने र शरीर थाक्ने जीउ काम्ने, र रक्तनलीहरू खुम्चिन थाल्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु