चालु आवको पहिलो महिना नै ५१ अर्ब व्यापार घाटा

२०७१ आश्विन १५ गते, बुधबार


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो अर्थात् श्रावण महिनामा नै व्यापार घाटा साढे ५१ अर्ब भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिकस्थितमा समीक्षा अवधिमा कुल वस्तु आयात १२.५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड पुगेको र कुल वस्तु निर्यात ११.५ प्रतिशतले ह्रास आइ ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको जनाइएको हो ।पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले बृद्धि भइ ५१ अर्ब ६४ करोड पुगेको बैंकको तथ्यांक छ । यस अवधिमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.९ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांक बृद्धिदर १०.६ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक वृद्धिदर ५.० प्रतिशत रहेको छ ।
यसैबीच, चालु आर्थिक वर्षको आश्विन १२ गतेसम्ममा कुल खर्च ५५ अर्ब ६८ करोड बराबर भएको अर्थमन्त्रलायले जनाएको छ । अर्थसचिव सुमनप्रसाद शर्माले यस अवधिमा चालु खर्च ५१ अर्ब ९५ करोड र पूँजीगत खर्च २ अर्ब ६० करोड भएको जानकारी गराएका हुन् ।राजश्व बचत ६२ अर्ब २४ करोड रहेको पनि जानकारी गराइएको छ । श्रावण महिनामा ४२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । यो गत वर्षको तुलनामा शून्य दशमलब ८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरको मूल्यमा कमी आएकाले बृद्धिदर न्यून रहेको जनाइएको छ ।व्यापार घाटा बाहेक अरु समग्र आर्थिक सूचकांकहरु सकारात्मक रहेको अर्थसचिव शर्मा र मन्त्रालयका अन्य उच्च अधिकारीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार