चार वर्षमा दुई करोड रुपैयाँ भेटी संकलन

२०७५ मंसिर २५ गते, मंगलवार

काठमाडौं, २५ मंसिर । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षको अवधिमा झन्डै दुई करोड रुपैयाँ भेटी संकलन भएको छ । २०७२ साल फागुन २२ देखि हालसम्म मन्दिर पुग्ने दर्शनार्थीले चढाएकोे भेटी रकम १ करोड ७२ लाख १५ हजार ५ सय ४६ रुपैंयाँ संकलन भएको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलन गरी विभिन्न १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुन चाँदी नाप तौल गर्न भने बाँकी रहेको जनाएको छ ।
पछिल्लो पाँच महिनामा मात्रै ५३ लाख भन्दा बढी भेटी जम्मा भएको छ । हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ भने पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत संकलन गरि सदरमुकाममा ल्याउने काम भइरहेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईले जानकारी दिए । यस्तै ८५ हजार ३ सय ९० भारतीय रुपैयाँसमेत सटही गर्न बाँकी छ । वर्षेनी पाथीभरामा स्वदेशी तथा विदेशी दर्शनार्थीको संख्या बढ्दै गएको छ भने बार्षिक लाखौँ मूल्य बराबरको भेटीघाटी संकलन हुँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार