चार वर्षदेखि तलब नपाए पछि

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौ, ३ बैशाख । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष हुन थाल्दा पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीले तलब पाएका छैनन् । भृकुटी कागज कारखानामा कार्यरत ३४२ कर्मचारीले चार वर्षदेखिको तलब पाउन नसकेको सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले बताए ।सो कारखानामा कार्यरत कर्मचारीले झन्डै २० करोड तलब नपाएको उनले बताए । ‘रकम वितरण गर्ने सहमति भएपनि कारखाना व्यवस्थापनले सहमति उल्लङ्घन गर्दै आएको छ’ उनले भने ।
देशकै ठूलो कागज कारखाना बन्द भएको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत सञ्चालन हुन सकेका छैनन् भने त्यहाँ रहेका सामानसमेत मजदुरहरुले उठाउन दिएका छैनन् ।कर्मचारीले अहिलेसम्मको तलब नपाउँदा उनीहरुको दैनिकी जीवन थप कष्टकर बन्दै गएको छ ।
भृकुटीमा कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते तीन पटकसम्म वार्ता भएको थियो । तीनैपटक सम्झौता भए पनि कार्यान्वयन गर्न सञ्चालक तयार नदेखिएपछि कानुनी उपचारका लागि अघि बढेको संयोजक सापकोटाले जानकारी दिए ।
पटक–पटकको धर्ना, अनशन, आन्दोलनपछि गत वैशाख २६ गते चार बुँदे लिखित सहमति भए पनि कार्यान्वयन गर्न सञ्चालकले गैरजिम्मेवारीपन देखाइरहेको सङ्र्घष समितिका पूर्व संयोजक रामु शर्माले बताए ।
पछिल्लो सहमतिअनुसार एक महिनाभित्र बैँकको ब्याज र आधा महिनाबराबरको तलब दिने र चार महिनाभित्र बाँकी सबै तलब दिने सहमति भएको थियो ।
अहिलेसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलन सङ्घर्ष समितिले सञ्चालकलाई श्रम ऐनअनुसार कारबाहीको दायरामा ल्याउन आफूहरु श्रम अदालत जाने र कारबाही गराएरै छाड्ने सङ्र्घष समितिले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार