केरुङ नाका हुँदै व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौँ, १३ साउन । गृह, परराष्ट्र तथा वाणिज्य मन्त्रालयले रसुवाको केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा दिनेबारे अध्ययन सुरु गरेको छ । केरुङ नाका हुँदै व्यापार गर्नेहरुलाई भीसामा समस्या आएपछि मल्टि इन्ट्रि भीसा दिनेबारे अध्ययन सुरु गरिएको हो ।
चीनले नेपाल सरकारको जिम्मामा रहने गरी निश्चित व्यक्तिलाई मात्र मल्ट्रि इन्ट्रि भिषा दिन प्रस्ताव गरेपछि नेपाली पक्षले सरोकारवालाहरुसँग छलफल अघि बढाएको गृह मन्त्रालयका प्रतिनिधि कृष्णप्रसाद ज्ञवालीले बताए । तातोपानी नाका बन्द भएसँगै रसुवागढी नाकाबाट बढ्दो व्यापार व्यवसायमा व्यापारिलाई एक दिने पासको समेत व्यवस्था नहुँदा सम्बन्धित मन्त्रालयले अध्ययन अगाडि बढाएका हुन् । नेपालबाट केरुङ र केरुङबाट नेपालसम्म दैनिक ५० देखि १०० वटासम्म कन्टेनर आवातजावत गर्ने भएकाले चालक तथा व्यापारीका लागि एक सय जनाको संख्यामा भिषा दिँदा उपयुक्त हुने रसुवा उद्योग बाणिज्य संघको भनाइ छ । व्यापारीहरुले मल्ट्रि इन्ट्रि भिषा पाए व्यापार व्यवसायमा थप बृद्धि भई राजश्व समेत बढ्ने रसुवागढी भन्सार कार्यालयको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार