एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड गर्ने तरिका

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौं, १० फागुन । यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले स्टोरमा धेरै वटा एप्सहरु उपलब्ध रहेका छन् । तिनै एप्सहरु डाउनलोड गरेर तपाई आफ्नो फोनको स्क्रिन रेकर्ड गर्न सक्नुहुनेछ । यसरि तपाईले एप्सको मद्दतले मेसेन्जर टेक्स्ट,भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरु भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ । तल हेरौ स्क्रिन रेकर्ड गर्ने केहि एप्सहरु :
DU Recorder –
डीयु रेकर्डर एप् लाई गुगल प्ले स्टोरमा गएर निशुल्क डाउनलोड गर्न सकिन्छ । फोनको स्क्रिन रेकर्ड गर्नका लागि डियु रेकर्डर एउटा राम्रो बिकल्प बन्न सक्छ । एपको सेटिङमा गएर युजर भिडियो रेजोलुसन लाई २४० पी देखि १०८० पी को बीचमा सेटिङ गर्न सकिन्छ । साथै यसको अडियो क्वालिटी पनि आवश्यकता अनुसार सेट गर्न सकिन्छ । रेकर्ड लाई बन्द गर्न अथवा चालु गर्नको लागि जेस्चर कन्ट्रोल अथवा मोबाइल शेक अप्सनको पनि प्रयोग गर्न सकिन्छ । यो एपबाट आफ्नो भिडियो शेयर अथवा एडीट पनि गर्न सकिन्छ भने यसको साइज ९.८ एमबी रहेको छ । साथै यो एपका प्रयोग कर्ताहरु १ करोड रहेका छन् र यसलाई युजर्सको ४.८ रेटिंग प्राप्त भएको छ ।
Screen Recorder –
यो स्क्रिन रेकर्डर एपलाई पनि गूगल प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ । यो एप्को साइज २ एमबी रहेको छ भने यसलाई अहिले सम्म १० लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् । एपलाई ४.२ रेटिंग प्राप्त भएको छ । यसमा रेकर्डिङको लागि युजर्स् काउन्टडाउन सेट गर्न सकिन्छ । यो एपको मद्दतले कुनै पनि गेम खेल्दै गर्दापनि स्क्रिनलाई रेकर्ड गर्न सकिन्छ ।
AZ Screen Recorder –
एजेड स्क्रिन रेकर्डरलाई गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।यो एपको साइज १५ एमबी रहेको छ । यसलाई डाउनलोड गर्ने प्रयोग कर्ताहरुको संख्या अहिले सम्म १ करोड पुगिसकेका छन् र यसलाई अहिले सम्म ४.६ रेटिंग प्राप्त भएको छ । यसका धेरै जसो फिचर्स भने खरिद गर्नु पर्ने हुन्छ । यो एपले स्क्रिनको साइडमा रेकर्डिङ अप्सन देखाईरहन्छ । यो एपमा पनि आफ्नो आवश्यकता अनुसारको रेजोलुसन तथा अडियो क्वालिटी सेट गर्न सकिन्छ । यसका साथै यो एपको बिशेषता भनेको यसमा फ्रन्ट क्यामेरा इनेबल गरेर अनस्क्रिन तथा आफ्नै भिडियो पनि रेकर्ड गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार