एक सातामा १३ करोडको तरुल कारोबार

२०७४ पुष ३० गते, आईतवार

काठमाडौं, ३० पुस । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ । एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ देखि ३० गते सम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ ।
‘गत वर्षभन्दा यो वर्ष एक करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर, यो बर्ष बजार थपिएको छ । यो वर्ष थप एक करोड मूल्य बराबरको बढी कारोबार हुँदैछ ।’ – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार