भूमे पर्व मनाइदै

काठमाडौँ, १ असार । मगर समुदायको प्रमुख चाड भूमे पर्व दाङसहितका मगर समुदायको वाहुल्यता रहेको जिल्लामा धूमधामका साथ मनाइएको छ । भूमे पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याईसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो पर्व मनाउने प्रचलन छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने चलन छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>