नेताहरुलाई तत्काल रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी

काठमाडौँ, २५ साउन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप देशव्यापी कोणसभा सम्पन्न भएको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज देशव्यापी कोणसभा कार्यक्रम भएको हो । यसैबीच नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा अखिल क्रान्तिकारी) क्याम्पस जिल्लाका अध्यक्ष उशाकिरण आजदलगायत नेतारुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएका छन् । साथै, उनीहरुले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्ष अगाडि बढनु भएका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा बताएका थिए । उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>