एसईईको नतिजा एक हप्ताभित्रै

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी तीब्र पारिएको जनाएको छ । बोर्डले एक हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङक प्रशोधन सम्बन्धी काम भइरहेको बताइएको छ ।
चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु