समाज

भैरहवामा कर्फ्यु जारी

काठमाडौ,५ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा कर्फ्यु जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकपछि प्रशासन कार्यालयले शनिबार बिहान ११ बजेदेखि आउँदो बुधबार बेलुका ६ बजेसम्मका लागि सभा, जुलुस, सम्मेलन गर्न नपाउने तथा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । भैरहवाबाट पूर्व बसन्तपुर गाविस, […]

२०७२ भाद्र ५ गते, शनिबार

लिम्बुवानको निम्ति निर्णायक आन्दोलन शुरु

काठमाडौं । लिम्बुवान् संघर्ष समितिले अरुण पूर्वका ९ जिल्ला लिम्बुवान् घोषणा गर्न माग गर्दै निर्णायक आन्दोलन शुरु गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । लिम्बुवान प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनमा संघर्षरत पक्षहरुसंग ऐक्यबद्ध भएर सशक्त संघर्ष गर्ने, लिम्बुवानको सबै जिल्लाहरुमा भदौ ८ देखि बिरोध कार्यक्रम गर्ने, ९ […]

२०७२ भाद्र ५ गते, शनिबार

स्वामी प्रपन्नाचार्यको निधन

काठमाडौं, ४ भदौ । पशुपतिको मृगस्थलीमा बस्दै आएका स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा शुक्रबार बिहान साढे ३ बजे निधन भएको छ । विसं.१९७९ सालमा पाँचथरको फिदिममा जन्मिएका प्रपन्नाचार्य लामो समयदेखि फोक्सोको संक्रमण र श्वासप्रश्वास रोगका कारण पीडित थिए । ३० वर्षको उमेरमा पढ्न शुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दू धर्मसम्बन्धी धेरै किताव लेखेका छन् । उनी […]

२०७२ भाद्र ४ गते, शुक्रबार

आज राष्ट्रिय सूचना दिवस

काठमाडौं, ३ भदौ । आज आठौँ राष्ट्रिय सूचना दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले दिउँसो विशेष कार्यक्रम गर्दैछ । दिवसको यसवर्षको नारा ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’ तय भएको आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जानकारी दिए । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस […]

२०७२ भाद्र ३ गते, बिहीबार

आज नाग पन्चमी

काठमाडौ , २ भदौ । आज श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी मनाइदैछ । आजका दिन घरको मूलद्धारमा नागको तस्विर टाँसेर पूजा गरेमा वर्षदिन दुष्टको प्रवेश नहुने धार्मिक विश्वास रहिआएको छ । प्रत्येक वर्ष झै यसवर्षपनि आजका दिन काठमाडौको नक्सालमा रहेको नागपोखरी, धापाखेलको नागदह, ललितपूरको टौदह, थानकोटको दहचोक लगायतका […]

२०७२ भाद्र २ गते, बुधबार

भारदहमा गोली चल्यो

काठमाडौं , १ भदौं । सप्तरीको भारदहमा प्रहरीले चलाएको गोली लागेर स्थानीय राजिव राउतको मृत्यु भएको छ । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा राउतकोको मृत्यु भएको हो । घटनामा दीपक साह, देवनारायण विश्वास गम्भीर घाइते भएका छन् । प्रहरीले स्कटिङ मार्फत् सवारी सञ्चालन गर्न खोजेको र […]

२०७२ भाद्र १ गते, मंगलवार

जाजरकोटमा पहिरोले एघार घर बगायो

काठमाडौं, १ भदौं । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा ११ वटा घर बगाएको छ । पहिरोेले घर बगाउँदा घरवारविहीन भएका पीडित परिवारको बिचल्ली भएको छ । घर बगाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका लत्ताकपडा तथा खाद्यान्न भने नष्ट भएको छ । सोमबार बिहान पहिरोले जुँगाथापाचौर–९ का कृष्णबहादुर रोकाय र सरिता […]

२०७२ भाद्र १ गते, मंगलवार

आज साउनको अन्तिम सोमबार, शिवालयमा ब्रतालुको घुइँचो

काठमाडौं, ३२ साउन । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ । शिव मन्दिरहरुमा सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष घुइँचो लागेको छ । काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको […]

२०७२ श्रावण ३२ गते, सोमबार

ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प

काठमाडौं, ३० साउन । शनिबार बिहान ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प गएको छ । ११ बजेर २७ मिनेटको समयमा गएको सो भूकम्पसँग गत बैशाखको भूकम्पको सम्बन्ध नरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ताप्लेजुङमा गएको भूकम्प गत बैशाखको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प नै हो ।यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४.१ म्याग्निच्यूटको […]

२०७२ श्रावण ३० गते, शनिबार

बन्दका कारण देशभरको जनजीवन प्रभावित

काठमाडौं, ३१ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहित मधेसवादी केही दल र जनजातिले ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सडकमा फाट्टफुट्ट निजी सवारी साधन चले पनि भाडाका सवारी साधन संचालन भएका छैनन् । […]

२०७२ श्रावण ३१ गते, आईतवार