आज साउनको अन्तिम सोमबार, शिवालयमा ब्रतालुको घुइँचो

२०७२ श्रावण ३२ गते, सोमबार

काठमाडौं, ३२ साउन । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भगवान शिवलाई जल चढाउन ब्रतालुको घुइँचो लागेको छ । शिव मन्दिरहरुमा सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष घुइँचो लागेको छ ।
काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाट, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने भक्तजनहरुको पनि निकै घुइँचो देखिएको छ । सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि जल चढाउन आउने भक्तजनको उपस्थिती बाक्लो छ । महादेव मन्दिरहरुमा श्रावण महिनाको सोमबारका दिन पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्रेतायुगमा माता पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार