आज नाग पन्चमी

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौ , २ भदौ । आज श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी । हिन्दु धर्मावलम्वीले अस्टनागको पुजा गरी मनाइदैछ । आजका दिन घरको मूलद्धारमा नागको तस्विर टाँसेर पूजा गरेमा वर्षदिन दुष्टको प्रवेश नहुने धार्मिक विश्वास रहिआएको छ । प्रत्येक वर्ष झै यसवर्षपनि आजका दिन काठमाडौको नक्सालमा रहेको नागपोखरी, धापाखेलको नागदह, ललितपूरको टौदह, थानकोटको दहचोक लगायतका स्थानमा मेला लागेको छ ।
ज्योतिष गुरु डा. लोकराज पौडेलका अनुसार आज मध्यान्न सम्म नागको पूजा गरिसक्नु पर्ने साइत रहेको छ । जलाशय पँधेरा, धारा कुवा , इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार