समाज

पत्रकार आचारसंहिता संशोधनवारे छलफल

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आज विद्यमान पत्रकार आचारसंहिता संशोधन सम्वन्धमा प्रेस तथा कानुन क्षेत्रका बिज्ञहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले विज्ञापनले दिने सूचना समेत आमसरोकारको विषय भएकोले यस विषयमा आचारसंहितामा पुनरावलोकन गर्नुपर्ने र विज्ञहरुवाट निरन्तर सुझावको अपेक्षा राख्नुभयो । काउन्सिलका अध्यक्षसंगको छलफलको क्रममा पत्रकार बिनोद ढुङ्गेलले […]

२०७२ भाद्र ९ गते, बुधबार

तराईको जनजीवन अस्तव्यस्त

काठमाडौं, ९ भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर बिभिन्न जिल्लामा भएको विरोधका कारण जनजीवन अस्तव्यस्त हुन् पुगेको छ । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला ठप्प छन् । यी जिल्लामा यातायात, बजार, कलकारखाना र शैक्षिकसंस्थासमेत ठप्प रहेका छन् । राजमार्गमा भने […]

२०७२ भाद्र ९ गते, बुधबार

नेपालगन्जमा निषेधाज्ञा, बर्दियामा निषेधित क्षेत्र

काठमाडौँ, ८ भदौ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकका अनुसार, नेपालगन्जको उत्तर राँझाको भुजई गाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आह्वान […]

२०७२ भाद्र ८ गते, मंगलवार

प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन हुनेछ : महानिरीक्षक अर्याल

काठमाडौं, भदौ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टिकापुर घटनामा प्राण उत्सर्ग गर्ने प्रहरीको उच्च मूल्यांकन देशवासीबाट हुने जनाएका छन् । टिकापुर घटनाका सम्बन्धमा समवेदना सन्देश जारी गर्दै महानिरीक्षक अर्यालले भनेका छन्, ‘कैलालीको मनुवा गाविस–६ स्थित सिमलचौरमा राष्ट्र र जनताको सेवामा समर्पित रही शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिएका नेपाल प्रहरीका पाँचजना अत्यन्त होनहार, बहादुर र […]

२०७२ भाद्र ८ गते, मंगलवार

टिकापुरमा दोहोरो भिडन्त, एसएसपीसहित दुइ दर्जनको मृत्यु

काठमाडौं, ७ भदौ । आज दिउँसो कैलालीको टिकापुरमा थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरीका एसएसपीसहित कम्तिमा २४ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना […]

२०७२ भाद्र ७ गते, सोमबार

बेनी–गलेश्वर सडकखण्ड कालोपत्रे गर्न सुरु

काठमाडौं, ७ भदौ । म्याग्दीको सदरमुकाम बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्नका लागि प्रारम्भिक काम सुरु गरिएको छ । उक्त सडकखण्ड कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय बागलुङले रु चार करोड ८९ लाख ४४ हजार ८८९ लागतमा योजनाको सम्झौता गरेको जनाएको छ । इन्जिनियर नारायण पौडेलले ३ दशमलव ५ किलोमिटर लामो सडकमा १५ महिनाभित्र कालोपत्रे गर्ने गरी […]

२०७२ भाद्र ७ गते, सोमबार

नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु

काठमाडौं, ७ भदौ । सुरक्षा संवेदनशिलता भन्दै जिल्ला प्रशासन कार्यालय बांँकेले हिजो बेलुका ८ बजेदेखि नेपालगञ्जमा अनिश्चिकालित कर्फ्यु जारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकदेखि दक्षिण, जमुनाहादेखि उत्तर, फुल्टक्रादेखि पश्चिम र नन्दनी मिलदेखि पूर्वको चार किल्ला भित्र अर्को सूचना जारी नभए सम्मका लागि कर्फ्यु जारी गरेको प्रशासनले जनाएको छ । यो समयमा सभा, जुलुस […]

२०७२ भाद्र ७ गते, सोमबार

न्यायाधीश बम हत्याका मुख्य सुटर प्रहरी फन्दामा

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गर्ने मूख्य सूटर मानिएका सञ्जय स्माइली मगरलाई प्रहरीले पक्राउ गरेको छ । साउदी अरबमा पक्राउ गरिएका मगरलाई दुबही हुँदै राजधानी ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले मगरलाई राजधानी ल्याएको हो । हत्यालगत्तै साउदी अरब पुगेका स्माइली मगरविरुद्ध इन्टरपोलमार्फत् रेड […]

२०७२ भाद्र ६ गते, आईतवार

बर्दियामा झडप, दर्जन बन्दकर्ता घाइते

काठमाडौ, ६ भदौ । बर्दियाको सदरमुकाम गुलरियामा प्रहरी र आन्दोलनरत थरुहट पक्षबिच झडप भएको छ । झडपमा परि प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । थरुहट पक्षधरले जिल्ला प्रशासन कार्यालयमा सुरक्षार्थ प्रहरीलाई लाठ्ठी प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए । प्रहरीले भीडलाई तितर वितर गर्न लाठी […]

२०७२ भाद्र ६ गते, आईतवार

जनजातीद्वारा नेपाल बन्द

काठमाडौ, ६ भदौ । आदीबासी जनजाती महासंघले नेपाल बन्दको आह्वान गरेको छ । संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो । बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको […]

२०७२ भाद्र ६ गते, आईतवार