पृथ्वी राजमार्ग तनावग्रस्त

२०७३ मंसिर १० गते, शुक्रबार

काठमाण्डौ , १० मंसिर । यातायात व्यवसायीहरुले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका छन् । तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले कुटपिट गरेको भन्दैउनिहरुले दुई घण्टादेखि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका हुन् । गुरुङ्गले पृथ्वी राजमार्ग समिति अन्तर्गतको ना ५ ख ४७२३ नम्बरको बस चालक सुवास कार्कीलाई कुटपिट गरेको भन्दै उनीहरुले राजमार्गको दमौली खण्ड अवरुद्ध पारेका हुन् । सामान्य गल्तीलाई लिएर चालक कार्कीलाई स्टेरिङवाट निकाली गुरुङ्गले कुटपिट गरेको सवारी चालकहरुको आरोप छ । यातायात बन्दका कारण यात्रुहरु समस्यामा परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु