भारतद्वारा तीन खर्बको सहायता घोषणा

२०७२ असार १० गते, बिहीबार

काठमाडौँ । भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु तीन खर्ब प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरेका हुन् । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उहाँले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्ब सहुलियतपूर्ण ऋण र रु एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरे ।
भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निर्देशनमा भूकम्पको लगत्तै खोज, उद्धार तथा राहतका लागि ‘मिसन मैत्री’ तत्काल नेपालमा परिचालन हुनु नेपालप्रतिको भारतको प्राथमिकता प्रष्ट हुन्छ भने ।

प्रतिक्रियाहरु